राखेपको योजना ‘ह्वाटमोरबाट सातै प्रदेशमा प्रशिक्षक प्रशिक्षण गराउने’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०४
  • |
  • 554 पटक हेरिएको

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाली क्रिकेटको विकासका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गर्ने भएको छ । त्यसका लागि सबै प्रक्रिया अघि बढी सकेको राखेपले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले अहिले विदेशी प्रशिक्षक डेभ ह्वाटमोरलाई ल्याएकाले उनको अनुभव काठमाडौंमा मात्रै केन्द्रीत गर्ने नभई प्रदेश स्तरका प्रशिक्षकहरुलाई पनि पुनरताजकी गराउने उद्देश्यले कोचेज ट्रेनिङ आयोजना गर्न लागिएको हो ।

राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले क्यानसँग सहकार्य गरेर डेभ ह्वाटमोरलाई देशका सात वटै प्रदेशमा लैजाने योजना सुनाए । त्यसका लागि राखेपले क्यानलाई १५ लाख रुपैयाँ छुट्याएको पनि बताए । उनले नेप्लेजसँग भने ‘अहिले क्रिकेटमा विदेशी प्रशिक्षक आउनु भएको छ ।

उहाँको अनुभव देशभरका अन्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई पनि काम लाग्न सक्छ भनेर यो अभियान शुरु गरेका छौं ।’ ‘ह्वाटमोरले सात वटै प्रदेशमा पुगेर त्यहाँ उपलव्ध प्रशिक्षकहरु र अन्तर्राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण दिने छन् । यसले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’ सदस्य सचिव सिलवालले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हाल्न आएका ह्वाटमोर अहिलेसम्मकै हाई प्रोफाइल प्रशिक्षक हुन् । उनले श्रीलंकालाई विश्वकप जिताएका छन्, भने पाकिस्तानले पनि उनकै प्रशिक्षणमा एशिया कप जितेको थियो भने जिम्बाबेले पहिलो पटक टेस्ट क्रिकेटमा सफलता हासिल गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal