ललितपुर र विराटनगर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०४
  • |
  • 615 पटक हेरिएको

देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तेस्रो दिन पुरुष टिम इभेन्ट्सको सेमी फाइनल तथा पुरुष एकल र महिला एकलका विभिन्न चरणका खेलहरु सम्पन्न भए ।

आज भएको पुरुष टिम इभेन्ट्सको पहिलो सेमी फाइनलमा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाइ ३-२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेस गर्यो । दोस्रो सेमी फाइनलमा बिराटनगर महानगरपालिका वडा नं ३ ले धरान उपमहानगर १२ लाइ ३-१ को सेट मा पराजित गरि फाइनल प्रवेश गरेको छ।

आजै भएको महिला एकलका विभिन्न चरणका खेलहरुमा जित हासिल गर्दै भक्तपुर नगरपालिका वडा नं १ बाट दिया देउला, वडा नं २ बाट प्रदिपा सुवाल र क्यारिना सुवाल त्यसैगरि सोहि पालिकाको वडा नं ५ बाट नर्मदा खाइतु , नुवाकोट बाट बिनु तामांग , धरान उपमहानगर वडा नं १० बाट अन्जली ठाकुर , पर्बत नगरपालिका वडा नं ३ बाट प्रकृति राना , गोदावरी नगरपालिका १ बाट प्रनिका कुँवर र सोहि पालिकाको वडा नं ९ बाट सतिश्मा थापा, ललितपुर महानगर वडा नं १२ बाट इभाना थापा, बुटवल उपमहानगर वडा नं ८ बाट गीता अर्याल, काठमाडौँ महानगरपालिका वडा नं २ बाट सुभश्री श्रेष्ठ र सोहि पालिकाको वडा नं १७ बाट अस्मिता मानन्धर, झापा गाउपालिका वडा नं ६ बाट अनुष्का प्रसाई , नवलपरासी वडा नं १ बाट योंग्गी पौडेल र संखुवाशभा वडा नं ४ बाट बिएन्का राइ, महिला एकलको प्रि-क्वाटर फाइनलमा प्रवेस गर्न सफल हुनु भएको छ।  त्यसैगरि आज पुरुष एकलको दोस्रो चरणका खेलहरु पनि सम्पन्न भए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey