थ्रीस्टार आहा राराको फाइनलमा, विश्वासको ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 200 पटक हेरिएको

माघ १७, काठमाडौं । स्ट्राइकर विश्वास श्रेष्ठले ह्याट्रिक गरेपछि बंगलादेशी क्लव उत्तर बरिधारालाई हराउँदै थ्रीस्टार क्लवै १६औं आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सिजनको दोस्रो उपाधिको नजिक पुग्ने क्रममा पोखरा रंगशालामा बुधबार थीस्टारले उत्तर बरिधारालाई ५–० गोलअन्तरले हरायो ।

पहिलो हाफको अन्तिम पाँच मिनेटमा तीन गोल गर्दै थ्रीस्टारले पहिलो हाफमा तीन शून्यको अग्रता बनाएको थियो ।

सुरुआतदेखि नै आक्रामक देखिएको थ्रीस्टारले ४०औं मिनेटमा पहिलो गोल गरेको थियो । बुद्ध चेम्जोङको पासमा बिष्णु गुरुङले टिमलाई अग्रता दिलाए ।

पहिलो गोल खाएपछि संहालिन नपाउँदै उत्तर बरिधाराले अर्को गोल खायो । ४३औं मिनेटमा निराजन खड्काले थ्रीस्टारलाई दोहोरो अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा निराजनकै पासमा विश्वास श्रेष्ठले टिमका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफमा थ्रीस्टारले २ गोल थप्यो । खेलको ६५औं र ७३औं मिनेटमा गोल गर्दै विश्वास श्रेष्ठले ह्याट्रिक पूरा गरे ।

गत शनिबार मात्रै इटहरीमा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको थ्रीस्टार आहा राराको पनि उपाधिनजिक पुगेको छ ।

उपाधिका लागि थ्रीस्टारले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदी र धरान फुटबल क्लव आमने सामने हुँदैछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey