ओडीआई मान्यताको तीन बर्ष यथार्थ एउटा परिकल्पना अर्को

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०४
  • |
  • 490 पटक हेरिएको

नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएको तीन बर्ष पुरा भएर चौथो बर्षमा लागेको छ । सन् २०१८ मार्च १५ तारिखका दिन नेपालले विश्वकप छनौटको प्लेअफमा जित निकाले पछि नेपालले पहिलो पटक ओडीआई मान्यता पायो ।

नेपालले एकदिवसिय मान्यता पाएको तीन बर्ष पुरा हुँदा नेपाली क्रिकेटको अवस्था कस्तो छ र पहिलो पटक ओडिआई पाउँदाको सपनामा नेपाल कुन अवस्थामा छ भन्ने विश्लेषण गर्नु भन्दापनि प्रत्यक्ष नै देखिन्छ ।

यो विचमा विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोनाका कारण एक बर्ष नेपालले कुनैपनि प्रतियोगिता खेल्न पाएन । जसका कारणपनि आइसीसीले एकदिवसिय मान्यतालाई थप एक बर्षका लागि लम्ब्यायो ।

नेपालले एकदिवसिय मान्यता पाएपछि कुल १० वटा ओडीआई खेलेको छ । त्यसमा पाँच खेल जितेको थियो, जसमा तीन खेल विदेशी भूमीमा जित्यो भने दुई खेलमा घरेलु मैदानमा ।

नेपालले एकदिवसिय मान्यता पाएको करिव ५ महिनापछि पहिलो एकदिवसिय सिरिज खेलेको थियो । नेदरल्याण्ड्सविरुद्ध पहिलो एकदिवसिय सिरिज खेलेको नेपालले यदि क्रिकेट प्रतियोगिता नियमित भएको भए नेपालले कम्तिमा २२ वटा खेल खेल्नुपर्ने थियो ।

नेपाल क्रिकेट संघ क्यान प्रतिबन्धमा रहकै बेला एकदिवसिय मान्यता पाएको नेपालले क्यान आउनु भन्दा अगाडी ६ वटा एकदिवसिय खेल खेलेको थियो । क्यान आएपछि मात्र चार वटा खेल खेलेको छ । जसमा नेपालले यूएईविरुद्ध चार खेलमा तीन खेल जितेको छ भने एक खेल हारेको छ । नेदरल्याण्ड्ससँग दुई खेलको सिरिजमा एक एकको बराबरी गरेको थियो भने घरेलु मैदानमा आइसीसी विश्वकप लिग टु मा चार खेल खेल्दा ओमानसँग दुई खेल हार्यो भने अमेरीकासँग दुई खेल जितेको थियो ।

नेपालले खेलको १० खेलमा पाँच पटक पहिले ब्याटिङ गरेको थियो भने पाँच पटक पहिले बलिङ गरेको थियो । नेपालले १० खेलमा ६ पटक टस जितेको थियो भने त्यसमा चार पटक पहिले बलिङ गरेको थियो । त्यसमा उसले दुई खेल जितेको थियो भने दुई खेल हारेको थियो । टस जितेर पहिले ब्याटिङ गर्दा नेपालले दुई पटक ब्याटिङ गरेको थियो, त्यसमा दुबै खेल जितेको थियो ।

नेपालले अहिलेसम्म खेलेका १० एकदिवसिय खेलमा सर्वाधिक स्कोर यूएईविरुद्ध दुई सय ५६ रन बनाएको थियो । दुबईमा सन् २०१९ जनवरी २८ मा भएको खेलमा नेपालले सो स्कोर बनाएको थियो । सो खेलमा यएईले बनाएको दुई सय ५४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतीमा पुरा गरेको थियो । सो खेलमा त्यो बेला नेपाली टिमका कप्तान रहेका पारस खड्काले एक सय १५ रनको शतकीय पारी खेलेका थिए । जुन नेपालका लागि एकदिवसिय खेलमा शतक बनाउने पहिलो खेलाडी बनेका थिए ।

त्यसपछि नेपालले एकदिवसिय खेलमा बनाएको दोस्रो ठूलो स्कोर दुई सय ४९ रन रहेको छ । त्यो कीर्तिपुर मैदानमा ओमानविरुद्ध बनाएको थियो । तर सो खेलमा नेपाल हारेको थियो ।

यो तीन बर्षमा नेपाली खेलाडीले केहि रेकर्डपनि बनाए । त्यसमा कुशल मल्ल, रोहित पौडेलले ब्यक्तिगत रेकर्ड बनाउँदा टिमले पनि अमेरीकाविरुद्ध रकेर्ड बनायो ।

कुशल मल्लले विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीकाविरुद्ध ५१ बलमा ५६ रन बनाएर कम उमेरमा एकदिवसिय क्रिकेट अर्धशतक बनाउने रकेर्ड बनाए । उनले १५ बर्ष तीन सय ४० दिनमा अर्धशतक बनाए । उनले डेब्यु खेलमा अर्धशतक बनाएका थिए ।

त्यो भन्दा अगाडी रोहित पोडेलले साहिद अफ्रिदीको रेकर्डलाई तोड्दै कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाए । त्यो बेला रोहितले १६ बर्ष एक सय ४६ दिनमा अर्धशतक बनाएका थिए । अफ्रिकीको १६ बर्ष दुई सय १७ दिनमा एकदिवसिय खेलमा अर्धशतक बनाए ।

नेपाली क्रिकेटमा राम्रो क्षमता भएका खेलाडी रहेको भनेर जो कोहिले पनि भन्दै आएका छन । तर उनीहरुले राम्रो एक्पोजर पाउन नसकेको पनि भनिन्छ ।

तर अहिलेको अवस्थामा नेपाललाई एकदिवसिय मान्यतालाई जोगाउनुका साथै २०२३ को विश्वकपमा छनौट हुने ठूलो चुनौती रहेको छ । क्यान आएपछि घरेलु क्रिकेटमा केहि प्रतियोगिताहरु बल्ल हुन थालेका छन । राष्ट्रिय टिम बलियो बनाउँदा घरेलु प्रतियोगिता धेरै हुनुपर्छ भन्ने बर्षोदेखिको खेलाडीको भनाईमा क्यानले सुरुवात अलि अलि सुरुवात गरेको छ । तर अझैपनि आफ्नो तर्फबाट प्रतियोगिताको अवधारणा भने कार्यान्वयन गर्न सकेको छैन ।

यस्तैमा राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा निकै अनुभवी प्रशिक्षक डेभ ह्वाटमोरलाई क्यानले ल्याएको छ । उनी प्रशिक्षक भएर आएपछि नेपाली क्रिकेटले ठूलो आशापनि गरेको छ । तर त्यो आशालाई पुरा गर्ने काम क्यानको हातमा नै रहेको छ ।

ग्रासरुट क्रिकेटहुँदै उमेर समुहका क्रिकेट प्रतियोगिता यो तीन बर्षमा हुन सकेनन् । नेपालले अझै बाँकी दुई बर्षमा आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत करिव ३२ वटा एकदिवसिय खेल खेल्नुपर्नेछ । त्यो बाहेकपनि यो विचमा क्यानले अरु केहि अन्तराष्ट्रिय प्रतियोगिता गर्न सकेको खण्डमा झन सुनमा सुगन्ध हुनेछ ।

अझैपनि नेपालमा लामो समयको क्रिकेट प्रतियोगिता हुन सकेको छैन । नेपालको अन्तिम लक्ष्य टेष्ट क्रिकेट मान्यता पाउनु रहेपछि त्यसका लागि एकदिवसिय र टी २० प्रतियोगिता खेलेर कुनै भविष्य छैन । त्यसका लागि क्यानले तीन दिवसिय क्रिकेटलाई नै प्रमोट गर्नुपर्ने छ ।

यतिमात्र होइन, टेष्ट मान्यता पाउने हो भने पूर्वाधार र मार्केटलाई बलियो बनाउनुपर्ने छ । मल्टिडे गेमसँगै पूर्वाधारको उचित समयमा विकाश भएमा अबको दुई बर्षमा पनि नेपाली क्रिकेटले राम्रो गर्ने पक्का छ ।

अहिलेको अवस्थामा क्यानले तत्कालका साथै दिर्घकालिन योजनालाई ध्यान दिन निकै आवश्यक छ । अझैपनि क्यान आइसीसीबाट पुर्णरुपमा फुकुवा हुन बाँकी रहेको छ । त्यसैले पनि क्यानले अहिले नै आउट अफ दी बक्स बाट सोच्नुपर्नेछ । हुँदै आएका कुरा र गतिविधी भन्दा केहि भिन्न तरिकाले योजना नल्याउने हो भने र खेलाडीको विकाश र म्याच एक्पोजरमा ध्यान नदिने हो भने क्रिकेट साखलाई जोगाउन कठिन छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal