हेटौडा टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०३
  • |
  • 648 पटक हेरिएको

भक्तपुर, चैत ३ गते । भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौडा उप महानगरपालिकाले हात पारेका छन् । सातौं तथा अन्तिम चरणको खेलमा २.५—१.५ अंकले पराजित गरी कुल १३ अंक सहित उपाधि हासिल गरे ।

उपाधिसँगै हेटौडाले आकषर्क ट्रफि र नगद एक लाख पचास हजार पाए । फाइनल खेलमा भिमेश्वर नपाका लागि सुमित पन्तले बर्तमान नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई माथ गरे । तर हेटौडाका सुरबीर लामाले भिमेश्वर नपाका आशिष फूयाँल, रुपेश जैसवालले सुदिप तामाङलाई हराए भने मनिष हमाल र क्षितिज भण्डारीबीच बराबरी भयो ।

त्यसैगरी समान ११ अंक प्राप्त गरे पनि म्याच प्वाइन्टका आधारमा ललितपुर महानगरपालिका दोश्रो र काठमाण्डौं महानगरपालिका तेश्रो स्थानमा रहे । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित खेलमा ललितपुरका सजिन महर्जनले केशव श्रेष्ठ, बद्रिलाल नेपालीले रिजेन्द्र राजभण्डारी, सरोज महर्जनले नबिन तण्डुकार र सुमन राईले राजेन्द्र बज्राचार्यसित बराबरी खेलेका थिए । ललितपुरले आकषर्क ट्रफि र नगद एक लाख र काठमाण्डौंले आकषर्क ट्रफि र नगद पचार हजार पाए ।

स्वीस लिग ७ राउण्डको खेल भएको प्रतियोगितामा ब्यक्तिगत प्रदर्शनमा बोर्ड नं १ मा टोखा नपाका मिलन लामा, बोर्ड नं २ मा भक्तपुर नपाका निकेन कुसाथा, बोर्ड नं ३ मा दमक नपाका चन्द्रप्रकाश नेपाल, बोर्ड नं ४ मा हेटौडा उपमनपाका रुपेश जैसवाल र बोर्ड नं ५ मा भक्तपुर नपाका केशब मानन्धर उत्कृष्ठ घोषित भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे ।

चारदिने प्रतियोगिताका बिजयी तथा सहभागीहरुलाई आयोजक भक्तपुर नपाका मेयर सुनिल प्रजापतिका सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथि एव माननिय संघिय सांसद प्रेम सुवाललगायतले ट्रफि, मेडल, प्रमाणपत्र एवं नगद पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal