मुलपानीमा पुलिसका लागि गरेकाे त्याे पाँच बलले गुल्सनलाई दिलाएको अवसर…

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०२
  • |
  • 1001 पटक हेरिएको

शनिबार सम्पन्न मेयर्स कप क्रिकेट प्रतियोगितामा मात्र दुई खेल खेलेर पनि चर्चा कमाउन सफल खेलाडी बने गुल्सन झा । पुलिस टिमबाट सोहि प्रतियोगितामा डेब्यु गरेका झाले खेलेको पहिलो खेलमा मेयर ११ विरुद्ध विकेट नलिएपनि उनको बलिङको राम्रो चर्चा भयो । पहिलो खेलमा नै किफायती बलिङ गर्दै ६ ओभरमा एक मेडेन राखेर मात्र २२ रन खर्चिए । उनको बलको गति र बाउन्सका कारण उनले पहिलो खेलमा नै ध्यान केन्द्रित गर्न सफल भए । पुलिसका प्रशिक्षक मनोज कटवालले उनमा देखेको क्षमतालाई मध्यनजर गरेर टिमले एपीएफविरुद्धको फाइनल खेलमा पनि अर्को मौका दिए ।

त्यो अवसरलाई झाले भरपुर रुपमा सदुपयोग गरे । उनले एपीएफविरुद्ध सात ओभर बलिङ गर्दै ३६ रन दिएर चार विकेट लिए । कीर्तिपुरको पिचमा झाले एपीएफको शिर्ष अडरका ब्याट्सम्यानलाई सस्तैमा पेभेलियन फर्काए । उनले ओपनर शंकर राना, कप्तान शरद भेषवाकर, भुवन कार्कीले आउट गरे भने कमलसिंह ऐरीलाई पनि पेभेलियनको बाटो देखाए ।

एक सय ४० को हाराहारीमा बल फाल्न सक्ने झा नेपाली क्रिकेटमा दुई साता अघि सम्म गुमनाम थिए । तर दुई खेलमा उनले देखाएको प्रदर्शनले राम्रो चर्चा कमाउन सफल भए ।

अल्लो कद र लामो रनअप लिएर बलिङ गर्ने झा ले नेपालको राष्ट्रिय प्रतियोगिता खेलेको नै यो पहिलो पटक थियो । यसअघि प्रधानमन्त्री कपमा प्रदेश दुई टिमका लागि ट्रायल दिएपनि टिममा पर्न सकेनन् । तर उनको बलिङको शैली र लाइनलेन्थलाई प्रदेश दुई क्रिकेटको केहि पदाधिकारीले ध्यान दिएका थिए ।

पीएम कपमा उनलाई टिममा नपरेपनि विरगञ्जका प्रशिक्षक प्रकाश शर्माले पुलिस टिमलाई झामा राम्रो संभावना रहेको र यसको प्रदर्शन हेर्न भनेर भनेका थिए । त्यसमा पुलिसका प्रशिक्षक मनोज कटवालले मुलपानी मैदानमा पीएम कपका बेला नै बलिङ गर्न भने । त्यसमा उनले चार पाँच बल फालेपछि पनि नै कटवालले झा लाई अहिले टिममा नभएपनि मेयर्स कपका बेला अवश्य पुलिस टिममा पर्ने र अरु टिमबाट नखेल्न आग्रह गरे ।

जसमा उनको शैलीलाई कटवालले पनि मन पराएपछि पुलिस टिममा मेयर्स कप प्रतियोगिताका लागि राख्ने निधो गरे ।

टिममा राम्रो बलरको आवश्यकता र खेलाडीको चोटको समस्याले गुल्सनले पुलिसबाट मेयर ११ विरुद्धको खेलमा डेब्यु गर्ने मौका पाए । उनलाई पुलिस टिमले आफ्ना तिब्रगतिका बलर रासिद खानको स्थानमा मेयर ११ विरुद्ध टिममा राखे ।

बाल्यकालबाट नै क्रिकेटमा इच्छा भएका गुल्सनले आफुलाई निर्खानका लागि भारत गएका थिए । उनी राँचीको एक एकेडेमीमा बसेर उनले क्रिकेटको सिप सिखे, त्यसमा आफुलाई तिब्रगतिको बलर बनाए ।

सर्लाहीमा घर भएकागुल्सनले राँचीकाे एसीसी क्रिकेट एकेडेमीमा चार बर्ष नियमित क्रिकेट प्रशिक्षण लिए । त्यो क्रममा उनले त्यहाँका केहि उत्कृष्ट खेलाडी विरुद्ध बलिङपनि गरेका थिए । उमेरले साँढे १७ बर्षमात्र पुगेका गुल्सनमा क्षमता भएको र उनको हाइट र जुन तरिकाले बलिङ गर्छ, त्यसलाई निखार्ने हो भने उनको बलिङको गति पनि बढाउन सकिने र राम्रो पोटेन्सियल भएको बलर भएको कटवालले बताए ।

गुल्सनलाई यदि राम्रोसँग निर्खान सकेको खण्डमा उनको भविष्य राम्रो रहेको कटवालले नेप्लेजलाई बताए । साथै उनको फिटनेसमा ध्यान दिनुपर्ने र बायाँ हाते ब्याट्सम्यानपनि भएकाले पनि अझ बलियो पक्ष हुने बताए ।

यस्तै पुलिसकै अर्का खेलाडी पवन शराफले गुल्सन ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो रहेको खेलाडी भएको र उनले आफुलाई जुन तरिकाले यो प्रतियोगितामा देखाएका छन, त्यसले उनका लागि राम्रो अवसर दिलाउने बताए ।

दुई खेलमा गरेको प्रदर्शनबाट केहि सन्तुष्ट भएपनि गुल्सन भने अझै राम्रो गर्न नसकेको बताउछ । मेयर्स कप सकिएपछि गृह जिल्ला फर्किएका गुल्सनले नेप्लेजसँग टेलिफोनमा कुरा गर्दै पहिलो पटक पुलिस टिमबाट खेल्ने मौका पाउँदा निकै खुसी लागेको र अन्तिम दुई खेलमा सोचेको जस्तो प्रदर्शन गरेपनि अझै राम्रो गर्न सक्थे, त्यसमा भने केहि असन्तुष्ट रहेको बताए ।

फेरीपनि आफुलाई मौका मिल्यो भने अझ राम्रो गर्ने र फिटनेसलाई मुख्य जोड दिनुपर्ने देखिएको बताए । भविष्यमा फेरीपनि मौका पाउने आशामा रहेका गुल्सनमाथि राष्ट्रिय टिमका प्रशिक्षक डेभ ह्वाटमोरको नजर परेको र आगामी दिनमा हुने राष्ट्रिय टिमको क्यामपमा उनी पर्ने निश्चित जस्तै भएको बताइएको छ ।

उनले खेलेका दुई खेलबाट सकारात्मक प्रभाव पारेपनि अझै उनको क्षमतालाई जज गर्न बाँकी नै छ, तर यदि राम्रोसँग कमजोरीलाई कम गर्दै धारमा रेट लगाउने हो भने, भविष्यमा गुल्सन नेपालको मुख्य तिब्रगतिको बलर नहोला भन्न सकिन्न । त्यो क्षमता उनमा छ भन्ने क्रिकेटरले थाहा पाइसकेका छन र उनीपनि त्यसका लागि मेहेनत गर्न तयार छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey