एनसीएफएफले ७७ नम्बर कुर्सीमा पारस खड्काको नाम राख्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 543 पटक हेरिएको

चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको कुसी अभियानमा नेपाली क्रिकेट फ्यान अन फेसबुक ग्रुप (एनसीएफएफ) जोडिएको छ ।

उक्त ग्रुपले रंगशालाका ३० हजार कुसी मध्य ७७ नम्बरको कुर्सी सुरक्षित गरेको हो ।

एनसीएफएफका सदस्य सञ्जिव खड्काले फाउन्डेसन प्रतिनिधि तथा धुर्मुसका भाइ कुमार कट्टेललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

७७ नम्बर सिटको नाम भने नेपालका पूर्व कप्तान पारस खड्का प्रति समर्पित रहेको छ ।

पूर्व कप्तान खड्काले लगाउने जर्सी ७७ नम्बरको भएकाले यो समूहले पनि त्यही नम्बर रोजेको हो ।

निर्माणाधिन रंगशालालाई सहयोग पुग्ने र उक्त निर्माणमा अपनत्व गराउने उदेश्यका साथ धुमुर्स सुन्तली फाउन्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा हालै सार्वजनिक गरेको थियो ।

शनिबार मेयर्स कपको फाइनल खेलका बेला एनसीएफएफले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग रकम पनि प्रदान गरेको छ ।
चेक ग्रहण गर्दै कट्टेलले सबैको सहयोगमा रंगशाला निर्माण भइरहेको र आगामी दिनमा अझ धेरैको साथ र सहयोगको अपेक्षा आफूहरुले गरेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey