पीएम कपमा उत्कृष्ट खेलेका तर मेयर्स कपमा फ्लप भएका क्रिकेटर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 367 पटक हेरिएको

काठमाडौं महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जसका उपाधि नेपाल पुलिस क्लवले जितेको छ । फाइनलमा एपीएफलाई आठ विकेटले हराउँदै पुलिसले पहिलो संस्करणको पीएम कपको च्याम्पियन बन्न सफल भयो ।

तर यो प्रतियोगितामा आशा गरेका केहि खेलाडीले निराशाजनक प्रदर्शन गरे । अझ भनौ, यसअघि क्यानले नै आयोजना गरेको पीएम कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका केहि खेलाडी मेयर्स कपमा भने फ्लप नै भए । उनीहरुबाट टिमले पनि ठूलो आशागरेका थिए । तर यो प्रतियोगितामा उनीहरुले सोचेको जस्तै प्रदर्शन गर्न सकेनन् ।

आज हामी पीएम कपमा उत्कृष्ट खेलेका तर मेयर कपमा निराशाजनक प्रदर्शन गरेको तीन खेलाडीको चर्चा गर्नेछौ ।

राजेश पुलामी

त्रिभुवन आर्मी क्लवका राजेश पुलामीले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा रहेका थिए ।

राजेशले पीएम कपमा कुल दुई सय चार रन बनाएका थिए । त्यो बेला उनले प्रायः सबै खेलमा राम्रो खेल खेलेका थिए । जसमा उनले एक अर्धशतकपनि हिर्काएका थिए भने जसमा उनको उच्च स्कोर ६५ रन थियो ।

तर मेयर्स कपमा उनको ब्याटिङ फ्लप नै भयो । उनले चार खेलमा मात्र ४० रन बनाए । जसमा उनको उच्च स्कोर थियो मात्र १७ रन ।

मेयर कपमा राजेशले चार खेलमा एपीएफविरुद्ध १७, मेयर ११ विरुद्ध ८, पुलिसविरुद्ध ६ र बागमतीविरुद्ध नौ रन बनाएका थिए ।

विवेक यादव

पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उदयीमान खेलाडीको पुरस्कार पाउनुका साथै राष्ट्रिय टिमको प्रशिक्षणमा पनि परेका विवेक मेयर्स कपमा भने दृष्यमा देखिएनन् । उनी ब्याटिङमा फ्लप हुुनुका साथै बलिङपनि राम्रो गर्न सकेनन् । मेयर ११ टिमबाट खेलेका विवेकले यो प्रतियोगितामा मात्र दुई खेल खेल्ने मौका पाए । जसमा दुबै खेलमा एक एक रन मात्र बनाए ।

विवेकमा केहि समस्या देखिएपछि उनी सुरुवाती दुई खेलपछि टिममा पनि परेनन् । यस्तै बलिङमा पनि उनले दुबै खेलमा विकेट लिन सकेनन् ।

जबकी पीएम कपमा उनले चार खेलमा एक सय ६७ रन बनाउनुका साथै चार विकेट पनि लिएका थिए । टिम समस्यामा परेका बेला दुई खेलमा उनले अर्धशतकपनि बनाए । जसमा उनको उच्च स्कोर ६६ रन थियो ।

पृथु बास्कोटा

करिव चार बर्षपछि राष्ट्रिय टिमको क्याम्पमा पर्नु पृथुका लागि पीएम कपमा गरेको प्रदर्शन नै हो । उनले पीएम कपमा पाँच खेलमा दुई सय १५ रन बनाएका थिए । उनी त्यो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बन्नुका साथै उत्कृष्ट ब्याट्सम्यानपनि बनेका थिए । सो प्रतियोगितामा दुई अर्धशतक बनाएका पृथुको उच्च स्कोर ८४ रन थियो ।

तर मेयर्स कपमा उनको प्रदर्शन खल्लो नै भयो, उनले प्रतियोगितामा एक अर्धशतक त बनाए तर अरु खेलमा उनले राम्रो खेल्न सकेनन् । पृथुले चार खेलमा मात्र ८६ रन बनाए ।

त्यसमा मेयर ११ टिमविरुद्ध मात्र ६० रनको पारी खेलेका थिए । बाँकी तीन खेलमा उनी आर्मीविरुद्ध १२, एपीएफविरुद्ध ५, पुलिसविरुद्ध नौ रनमा आउट भएका थिए ।

यतिमात्र होइन, पीएम कपमा राम्रो गरेका अविनाश बोहोराले पनि यो प्रतियोगितामा खाँसै राम्रो गर्न सकेनन् । पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका अविनाशले मेयर्स कपमा १० विकेट लिएका थिए ।

यस्तै मेयर्स कपमा फ्लप भएका खेलाडीमा करण केसी, कुशल मल्ल, कमल ऐरी रहे । उनीहरुले प्रतियोगितामा टिमका लागि राम्रो योगदान गर्न सकेनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey