मैत्रीपुर्ण टी-२० प्रतियाेगिताकाे उपाधि ग्रेट हिमालयले जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 471 पटक हेरिएको

नेपाल पाकिस्तानविचको मैत्रीपुर्ण टी २० क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । फाइनलमा एञ्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर उपाधि जितेको हो ।

पाकिस्तान दुतावासको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो ।

उसका लािग हेमन्त श्रीवास्तवले एक सय ६ रनको योगदान गरे भने अशोक पौडेलले ३६ रन जोडे । बलिङमा एञ्जल्सका लागि श्याम त्रिपाठीले चार तथा विपिन न्यौपानेले तीन विकेट लिए ।

जवाफमा एञ्जल्र्स १७ ओभर पाँच बलमा एक सय १३ रनमा अलआउट भयो । उसका दिनेश पुनले सर्वाधिक २१ रन बनाउँदा विवेक न्यौपानेले १७ रन जोडे । बाँकी खेलाडी सस्तैमा आउट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey