मेयर कप क्रिकेट फाइनल : एपीएफ ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 286 पटक हेरिएको

काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ ।
एपीएफले टस जितेर ब्याटिङ राेजेकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनलमा दुवै विभागीय क्लब नेपाल पुलिस र एपीएफ आमने सामने हुँदैछन् । समूह चरणमा तीन तीन खेल जित्दै दुवै टिमले फाइनल यात्रा तय गरेका हुन् । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको यो प्रतियोगितामा हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिम र प्रदेशहरुबाट खेलाडी छनोट गरेर काठमाडौं मेयर एघार सहित पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद पाँच लाख प्राप्त गर्दा उप विजेता हुने टिमले नगद तीन लाख हात पार्ने छ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal