मेयर कप एक दिवसीय क्रिकेटकाे फाइनल आज पुलिस र एपीएफ भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 479 पटक हेरिएको

काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनलमा दुवै विभागीय क्लब नेपाल पुलिस र एपीएफ आमने सामने हुँदैछन् । समूह चरणमा तीन तीन खेल जित्दै दुवै टिमले फाइनल यात्रा तय गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको यो प्रतियोगितामा हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिम र प्रदेशहरुबाट खेलाडी छनोट गरेर काठमाडौं मेयर एघार सहित पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद पाँच लाख प्राप्त गर्दा उप विजेता हुने टिमले नगद तीन लाख हात पार्ने छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

पुलिसका कप्तानमन्जित श्रेष्ठले टिमको तयारी राम्रो भएको बताउँदै आफूहरु उपाधि जित्ने विश्वास व्यक्त गरे । उनले भने ‘एपीएफ राम्रो टिम हो, राम्रो टिमसँग फाइनल खेल्दा राम्रो रणनीतिका साथ मैदान उत्रन्छौं ।’

यस्तै, एपीएफका कप्तान शरद भेषवकरले आफ्नो टिम पनि राम्रो रहेको बताउँदै सवैको मेहनतबाट उपाधि जित्ने लक्ष्य लिएको बताए । हालै भएको प्रधानमन्त्री कपको फाइनलमा पराजित भएको एपीएफले उपाधि जित्ने लक्ष्यका साथ  खेल्ने बताए । तर, खेलाडीहरुको फिटनेशको समस्या रहेपनि सबै खेलाडीको इफोर्टले टिमलाई यहाँसम्म ल्याएको पनि स्मरण गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey