जापानको ओलम्पिक टोलीले कुनै चिनियाँ खोप नलगाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२८
  • |
  • 434 पटक हेरिएको

नेप्लेज । ग्रीष्मकालीन ओलम्पिकमा भाग लिने जापानी खेलाडीहरूले चीनले दिने कोरोनाभाइरस खोप नलगाउने ओलम्पिकका मन्त्री तामायो मारुकावाले बताएकी छन् ।

चिनियाँ ओलम्पिक समितिले यस वर्षको टोकियो ओलम्पिक र बेइजिङ २०२२ शीतकालीन खेलका सहभागीहरूका लागि खोप प्रस्ताव गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले बिहीबार बताएको थियो ।

‘मलाई लाग्छ कि त्यो त्यस्तो देशका लागि मात्र निर्णय हुनेछ जहाँ चिनियाँ खोपहरू स्वीकृत भइसकेका छन’

‘मलाई जापानमा स्वीकृतिका लागि आवेदन दिने कुनै पनि चिनियाँ कम्पनीबारे थाहा छैन, र जापानी एथलीटहरू यस खोपका लागि सहभागि हुने छैनन्,

हामीले व्यापक एन्टी इन्फेक्शन उपायहरू लिइरहेका छौं ताकि मानिसहरूले टोकियो खेलमा खोप बिना पनि सहभागी हुने बारे सुरक्षित महसुस गर्न सकून्’ मन्त्री तामायो मारुकावाले भनिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey