मुलपानीको पिचका विषयमा क्यानले छानविन समिति बनाउँदै, पिचको दोष भए क्यूरेटरलाई कारवाही हुनसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२८
  • |
  • 886 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले मुलपानी क्रिकेट मैदानको पिच खराव भएको भन्ने विषयमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले सञ्चारमाध्यममा बोलेको कुरालाई अध्ययन गर्न छानविन समिति बनाउने भएको छ ।

काठमाडौं मेयर कप अन्तर्गत पुलिसविरुद्धको खेलमा हारेपछि विनोदले नेप्लेजसँग बोल्दै मैदानको पिच खराव भएको र यस्तो मैदानमा क्रिकेट खेलाएर कसरी विकाश हुन्छ भन्ने धारणा राखेका थिए । साथै उनले पिच पिच नभएर खेत जस्तो प्रतिक्रिया दिएका थिए ।

त्यो भिडियो सार्वजनिक भएपछि काठमाडौं महानगरपालिकाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई यस्तो पिच र मैदानमा किन खेलाएको भनेर सोधेको थियो । जसका कारण क्यानले अब इथिक्स समितिका संयोजक शैलेस कर्माचार्यको संयोजकत्वमा तीन सदस्यिय समिति छानविन समिति बनाउने तयारी गरेको छ ।

सो समितिले मुलपानीको मैदानको सत्य तथ्य र विनोदले कुन हिसावले पिचको विषयमा नकारात्मक बाेले त्याे विषयमा छानविन गर्नेछ । इथिक्स समितिका संयोजक कर्माचार्यले नेप्लेजसँग कुरा गर्दै मुलपानीको मैदानको पिचमा समस्या अवश्य रहेको तर विनोदले मिडियामा जुन तरिकाले बोले, त्यो उचित हो की होइन भन्ने मुख्य कुरा रहेको बताए ।

उनले राष्ट्रिय टिमका सिनियर खेलाडीका हिसावले यसरी बोल्नु कतिको उचित हो भन्ने मुख्य प्रश्न रहेको बताए । साथै उनले समिति गठन भएपछि विनोदलाई स्पष्टिकरणपनि सोधिन सक्ने बताए । यसका साथै यदि पिचको कमजोरी देखियो भने सो पिच बनाउने क्यूरेटरलाई पनि कारवाही हुन सक्ने बताए ।

अर्को पिच हुँदाहुँदै खराव भनिएको पिचमा किन खेलाइयो भन्ने मुख्य प्रश्न रहेको छ । मेयर कपमा मुलपानीमा भएका खेलमा निकै कम रन बनेको थियो । त्यसमा पुलिस र बागमतीको खेलमा पुलिस मात्र ७२ रनमा अलआउट भएको थियो भने बागमती झन ७० रनमा समेटिएको थियो । त्यसपछि आर्मी र पुलिसको खेमा पनी आर्मी ८७ रनमा अलआउट भएको थियो ।

त्यो खेलपछि आर्मीका कप्तान विनोदले पिचका विषयमा टिप्पणी गरेका थिए । जुन कुराले क्यानलाई अहिले आलोचना खेप्नु परेको छ ।

हेराैं, विनाेदले पिचका बारेमा त्यस दिन के भनेका थिए त?

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal