मदन फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 254 पटक हेरिएको

लुम्बिनी प्रदेशका मदन बस्नेत प्रथम राष्ट्रिय पेन्केक सिलात मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बर्दिया जिल्ला पेन्केक सिलात संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा मदनले सुदूरपश्चिमका पदम पुनलाई पराजित गरे । फाइनलमा मदनको भेट कर्णाली प्रदेशका रोमन ज्ञवालीसंग हुने छ । अर्को सेमिफाइनलमा रोमनले प्रदेश २ का प्रदीप रोकालाई हराएका थिए ।

बारबर्दिया नगरपालिकाको धमपुरमा भइरहेको प्रतियोगिताको पुरुष ४० केजीमा लुम्बिनीका जितेन्द्र बुढा र कर्णालीका सविन विकले फाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा जितेन्द्रले गणडकी प्रदेशका मोहन पाण्डे तथा सविनले आयोजकका नमराज भण्डारीलाई पाखा लगाउदै फाइनल भिडन्त पक्का गरेका हुन् ।

बारबर्दिया नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न ७ प्रदेश र आयोजक गरी ८ टिमका ८२ खेलाडी सहभागी छन् । पुरुष÷महिलाको एकल टुंगल (काता) सहित प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता शनिबारसम्म जारी रहने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey