बाख आइओसीको अध्यक्षमा फेरी निर्वाचित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 496 पटक हेरिएको

अन्तराष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा थोमस बाख दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन ।

आइओसीको अध्यक्ष पदकालागि भएको निर्वाचनमा बाखले फेरी चार बर्षका लागि जिम्मेवारी पाएका छन ।

जर्मनीका ६७ बर्षे थोमसको नयाँ कार्यकाल २०२५ मा सकिने भएको छ ।

यसअघि सन् २०१३ मा अध्यक्षमा निर्वाचित भएका थोमसको कार्यकालमा रियो ओलम्पिक सफल रुपमा सम्पन्न भएको थियो भने अब टोकियो ओलम्पिक पनि उनकै कार्यकालमा हुने भएको छ ।

कोरोनाका कारण एक बर्ष सरेको टोकियो ओलम्पिक सफल पार्नका लागि बाख आफुपनि निकै सक्रिय रहेका छन । अनलाइनबाट भएको मतदानमा बाखले ९३ मत पाएका थिए ।

पूर्व ओलम्पियन समेत रहेका बाखले सन् १९७६ को ओलम्पिकमा फेन्सिङमा जर्मनीका लागि स्वर्ण जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey