मूलपानीमा सन्दीपको टिम काठमाडौंले पहिला ब्याटिङ गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 291 पटक हेरिएको

राजधानीमा जारी काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह चरणका अन्तिम दुई खेल आज हुँदै छन् ।

मूलपानी मैदानमा एपीएफ र काठमाडौं मेयर एघारबीच प्रतिस्पर्धा हुने छ । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि काठमाडाैंले पहिला ब्याटिङ गर्दै छ । एपीएफकाे कप्तानी शरद भेषावकरले गरेका छन् भने काठमाडाैंकाे कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।

एपीएफ तीन मध्य २ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ भने काठमाडौंले अहिलेसम्म एक खेल मात्रै जित्दै २ अंक जोडेको छ । आज एपीएफ विजयी भए शनिबार हुने उपाधि भिडन्तमा नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।

काठमाडौं फाइनलमा पुग्न फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता पनि रहेको छ । उता बागमती र आर्मीको नतिजाले पनि प्रभाव पार्ने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal