मेयर ११ लाई एक सय तीन रनले हराउँदै पुलिस मेयर कप क्रिकेटको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२६
  • |
  • 431 पटक हेरिएको

उपाधिको दावेदार मध्यको एक टिम नेपाल पुलिस क्लव काठमाडौं मेयर कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पुलिसले मेयर ११ टिमलाई एक सय तीन रनको भारी अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४७ ओभर चार बलमा एक सय ९७ रनमा अलआउट भयो । राम्रो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले तीन विकेट भने सस्तैमा गुमायो ।

उसका सुनील धमला २२ रनमा आउट भए भने अनिल शाह ६ रनमा पेभेलियन फर्किए । यस्तै कुशल भुर्तेलपनि ३४ रनमा बाहिरीएपछि पुलिसले ७५ रन बनाउँदा तीन विकेट गुमाएका थियो । यस्तै दिपेन्द्रसिंह ऐरीले २४ रनको योगदान गरे भने योगेन्द्रसिंह कार्कीले ४० रन बनाए । यस्तै दिलिप नाथले १२ तथा पवन सराफले २८ रन बनाए ।

पुलिसले एक सय तीन रन बनाउँदा चार विकेट गुमाएको थियो । तर त्यसपछि अरु ९४ रन बनाउँदा सबै विकेट गुमायो । उसका पुछारतिरका खेलाडी सस्तैमा आउट भए । कप्तान मञ्जित श्रेष्ठले तीन, गुल्सन झाले ५ रन बनाए ।

बलिङमा सन्दिप लामिछाने र विपिन कार्कीले तथा हरिशंकर शाहले तीन तीन विकेट लिए ।

जवाफमा सन्दिप लामिछानेको कप्तानीमा रहेको मेयर एघार ३१ ओभर दुई बलमा मात्र ९४ रनमा अलआउट भयो । खराव सुरुवात गरेको मेयर ११ टिमले मात्र सात रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर हरीशंकर शाहले खाता खोल्न सकेनन् । त्यसपछि अर्का ओपनर खड्क बोहोरा मात्र आठ रनमा आउट भएपछि उसले १२ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि टिमको स्कोर १७ रन हुँदा सन्दिप रजाइली मात्र एक रनमा आउट भए । त्यसको केहि बेरमा सौरभ खनालपनि मात्र पाँच रनमा आउट भएपछि मेयर ११ ले २४ रनमा चौथो विकेट गुमायो । निकै फितलो ब्याटिङ गरेको मेयर ११ ले ३३ रनमा पाँचौं विकेट गुमायो । उसका रविन्द्र शाही मात्र ६ रनमा पेभेलियन फर्किए ।

त्यसपछि छैटौं विकेटका लागि कप्तान सन्दिप लामिछाने र कृष्ण कार्कीविच ३५ रनको साझेदारी भएको थियो । तर कृष्ण ब्यक्तिगत १९ रनमा आउट भएपछि मेयरले ६८ रमा छैटौं विकेट गुमायो । लगत्तै सन्दिपपनि २६ रनमा आउट भएपछि मेयर ११ ले हारको बाटो देख्यो । त्यसपछि विवेक यादव मात्र एक रनमा आउट भए ।

त्यसपछि सिद्धान्त लोहनी पनि ब्यक्तिगत १८ रनमा आउट भएपछि मेयर ११ ले ९४ रनमा नबौं विकेट गुमायो । बलिङमा पवन सराफले चार तथा दिपेन्द्रसिंह ऐरीले तीन र ललित राजवंशीले दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey