पुलिसले मेयर ११ सामु दियाे एक सय ९८ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२६
  • |
  • 407 पटक हेरिएको

काठमाडौं मेयर कप क्रिकेटमा विभागिए टिम नेपाल पुलिस क्लवले मेयर ११ लाई एक सय ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४७ ओभर चार बलमा एक सय ९७ रनमा अलआउट भयो । राम्रो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले तीन विकेट भने सस्तैमा गुमायो ।

उसका सुनील धमला २२ रनमा आउट भए भने अनिल शाह ६ रनमा पेभेलियन फर्किए । यस्तै कुशल भुर्तेलपनि ३४ रनमा बाहिरीएपछि पुलिसले ७५ रन बनाउँदा तीन विकेट गुमाएका थियो । यस्तै दिपेन्द्रसिंह ऐरीले २४ रनको योगदान गरे भने योगेन्द्रसिंह कार्कीले ४० रन बनाए । यस्तै दिलिप नाथले १२ तथा पवन सराफले २८ रन बनाए ।

पुलिसले एक सय तीन रन बनाउँदा चार विकेट गुमाएको थियो । तर त्यसपछि अरु ९४ रन बनाउँदा सबै विकेट गुमायो । उसका पुछारतिरका खेलाडी सस्तैमा आउट भए । कप्तान मञ्जित श्रेष्ठले तीन, गुल्सन झाले ५ रन बनाए ।

बलिङमा सन्दिप लामिछाने र विपिन कार्कीले तथा हरिशंकर शाहले तीन तीन विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey