पुलिसविरुद्ध काठमाडौं मेयर एघार पहिला फिल्डिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२६
  • |
  • 401 पटक हेरिएको

काठमाडौंमा जारी मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एउटा मात्रै खेल हुँदै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौं मेयर एघार र नेपाल पुलिस बीचको खेल हुन लागेको हो ।

पुलिसविरुद्ध टस जितेको काठमाडौंले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

पुलिस मन्जित श्रेष्ठको कप्तानीमा छ भने काठमाडौं मेयर सन्दीप लामिछानको कप्तानीमा खेलिरहेको छ ।

पुलिस जारी प्रतियोगितामा दुई खेल जित्दै शीर्ष स्थानमा छ भने काठमाडौंले एक खेल जित्दै तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा सहभागी पाँच टिममध्य शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

पुलिसले बागमती र आर्मीलाई पराजित गर्दा एपीएफसँग हारेको थियो । तर, एपीएफ मंगलबार बागमतीसँग पराजित भएसँगै मेयर कपको फाइनल पुग्ने टिमको टुंगो अन्तिम खेलपछि लाग्ने छ ।

आजको खेलमा पुलिस विजयी भए फाइनलमा स्थान बनाउने छ भने पराजित भए तालिका थप रोमाञ्चक बन्ने छ ।

काठमाडौं भने दोस्रो जित हात पार्दै फाइनल पुग्ने लक्ष्यलाई जिवितै राख्ने प्रयास गर्ने छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उप विजेताले तीन लाख पुरस्कार पाउने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey