एलपीएल : हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 302 पटक हेरिएको

धनगढी । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीयल) मा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए ।

१ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित रहदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले ३ विकेट लिए ।

खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसंगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टीमको टुङगो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा शारदाले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान ४–४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए । त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान २-२ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal