बागमतीकाे पहिलाे जित, एपीएफलाई फाइनल पुग्न अन्तिम खेल कुर्नुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 335 पटक हेरिएको

काठमाडौं मेयर कप क्रिकेटमा बागमती प्रदेशले पहिलो जित निकालेको छ । लगातार दुई खेलमा हार ब्यहोरेको बागमतीले आज एपीएफलाई २७ रनले हरायो । यो जितपछि पनि बागमतीको फाइनलमा पुग्ने संभावना निकै कमजोर रहेको छ । आजको खेलमा जित निकालेको खण्डमा फाइनलमा पुग्ने एपीएफले ब्याटिङमा केहि खराव प्रदर्शन गर्यो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ३३ रन बनाए ।

राम्रो सुरुवात गर्न नसकेको बागमतीले १० रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५९ रनमा दोस्रो विकेट गुमाएको बागमतीले एक सय सात रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि उनको स्कोर एक सय ३९ रन बनाउँदा बागमतीले पाँच विकेट गुमायो ।

बागमतीका लागि आकाश थापाले एक रन बनाए भने पारस खड्का २९ रनमा आउट भए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनले ५७ रनको योगदान गरे ।
त्यसपछि क्रिजमा आएका पृथुु बास्कोटा मात्र पाँच रनमा आउट भए । त्यसपछि इशान पाण्डे ३१ रनमा आउट हुन पुगे ।

बागमतीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ६० रनको योगदान गरे । बलिङमा किशोर महतो र अमर रौटेलाले दुई दुई विकेट लिए ।

जवाफमा एपीएफ ४४ ओभर पाँच बलमा दुई सय ६ रनमा अलआउट भयो ।

खराव सुरुवात नगरेको एपीएफले मात्र १० रनमा पहिलो विकेट गुमायो । टिमको ओपनरका रुपमा आएका शरद भेषवाकर मात्र चार रनमा आउट भए । तर दोस्रो विकेटका लागि आशिफ शेख र शंकर रानाविच ७२ रनको साझेदारी भएको थियो ।

शंकर ब्यक्तिगत २९ रनमा आउट भएपछि एपीएफले ८२ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका भुवन कार्कीपनि ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किदा टिमको स्कोर एक रन थियो । तर त्यसपछि एपीएफले स्कोरबोर्डमा अरु ६६ रन जोड्दा थप चार विकेट गुमायो ।

सुमित महर्जन मात्र चार रनमा आउट भए भने सन्दिप जोराले २५ तथा बसन्त रेग्मीले ११ रन बनाए । एपीएफका लागि आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५० रन बनाए ।

अन्तिममा अमरसिंह रौटेला, बसन्त रेग्मी र किशोर महतोले जितको झिनो आशा जगाएपनि सफल भएनन् । रौटेलाले २७ रन बनाए भने बसन्तर र किशोरले समान ११ रनको योगदान गरे । बलिङमा सोनु देभकोटाले ६ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey