मेयर कप महिला टी-२० क्रिकेटका लागि ललितपुर महानगरको २० लाख प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 751 पटक हेरिएको

ललितपुर महानगरपालीकाले राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको लागि २० लाख रुपियाँको प्रायोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले गर्न लागेकाे याे प्रतियाेगिताका लागि ललितपुर महानगरले साे रकम हस्तान्तरण गरेकाे हाे ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ । टियु क्रिकेट मैदानमा हुने प्रतियोगिता चैतकाे पहिलाे साताबाट हुनेछ ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइराला र नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले हस्ताक्षर गरे । सम्झौता अनुसार राष्ट्रिय महिला क्रिकेटका लागि महानगरले मुख्य प्रयोजन गर्नेछ ।

प्रतियोगिताको नाम ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता २०७७ हुनेछ । प्रतियोगितामा हालै दाङमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार भित्र परेका टीम र एउटा ललितपुर मेयर-११ गरी पाच् टोलीको सहभागिता रहनेछ ।

प्रतियाेगिताकाे एकिन मिती र खेल तालिका केहि दिनमा क्यानले सार्वजनिक गर्ने बताएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal