पुलिस र आर्मीका कप्तानले उठाए मूलपानी मैदानको पीचमाथि प्रश्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 354 पटक हेरिएको

सूर्यध्वज तामाङ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा अहिले मूलपानी र कीर्तिपुर मैदानमा मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता भइरहेको छ ।

प्रतियोगितामा सहभागि ५ टिमले मेयरकपको लिगचरणको खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताका ११ खेल मध्य ४ वटा खेल मूलपानी मैदानमा हुने तालिका रहेको छ ।

जस अनुसार तीन वटा म्याच सम्पन्न भइसकेका छन् । मूलपानीमा कम रन बन्दै आएको छ ।

पहिलो खेलमा पुलिसले ७२ रन बनाउँदा दोस्रो पारिमा बागमती प्रदेशले ७० रन बनाउँदा अल आउट हुन पुगेको थियो ।

दोस्रो खेलमा काठमाडौंले पहिलो पारिमा २४६ रन बनाएको थियो । त्यतिबेला रन बने पनि दोस्रो पारिमा बागमतीले ९४ रनले हार्न पुग्यो ।

तेस्रो खेलमा आर्मी र पुलिस मूलपानी मैदानमा खेलेका थिए । जसमा ८८ रनको लक्ष्य पछ्याउँदा पुलिसले ७ विकेट गुमाउन पुग्यो ।

खेल पुलिसले जिते पनि मूलपानी मैदानको बिषयमा खेलाडीहरुले प्रश्न उठाएका छन् । पोस्ट म्याच कन्फ्रेन्समा त्रिभुवन आर्मी क्रिकेट क्लबका कप्तान विनोद भण्डारीले पीचका कारण लो स्कोरिङ म्याच भएको बताए ।

कस्लाई भन्ने कसले बनाउने यो विषयमा क्यानले गम्भीर भएर सोच्नुपर्ने कप्तान भण्डारीको भनाई थियो । खेलाडीले नराम्रो खेले भन्ने कुरामा आफू सहमत नरहेको बताउँदै भण्डारीले मूलपानी र कीर्तिपुरको मेयरकपको स्तर आकाश जमिन फरक रहेको बताए ।

उनले भने ‘मूलपानी र कीर्तिपुरको स्तर निकै फरक छ । मूलपानीको यो क्रिकेट मैदान नभई खेतमा खेलेको जस्तो भान भएको छ ।’ ‘हामीले क्रिकेटका लागि खेल्नु भन्दा पनि खेल्नका लागि क्रिकेट आयोजना गरेको जस्तो महशुस गरका छौं ।’

यस्तै नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठले पनि पीचमा खराबी रहेको बताएका छन् । उनले लो स्कोरिङ म्याच हुँदा पनि एकदमै गाह्रो गरि रन बनिरहेको बताए । उनले भने ‘पीच खराब छ भन्ने कुरा त यहाँ भएका म्याचहरुबाट देखिहाल्नु भएको छ नी ।’ रन बनाउन खेलाडीहरुलाई निकै गाह्रो भइरहेको छ ।

यस्तै, आजको म्याचमा म्यान अफ दी म्याच भएका पवन शर्राफले नटआउट २२ रन बनाउनुका साथै महत्वपूर्ण तीन विकेट लिएका थिए । उनले पनि मूलपानीको पीचमा खेल्न निकै गाह्रो भएको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal