पुलिसविरूद्ध आर्मीकाे पारी संकटमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 392 पटक हेरिएको

काठमाडौं मेयर कपमा एक जितमात्र हात पारेको त्रिभुवन आर्मी आफ्नो तेस्रो खेलमा अहिले विभागिए टिम नेपाल पुलिससँग प्रतिस्पर्धा गरिरहेको छ । तर पुलिसविरुद्ध आर्मी सुरुवातमा नै संकटमा परेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले मात्र २३ रन बनाउँदा पाँच विकेट गुमाएको छ । स्पिनरलाई साथ दिने पिचमा आर्मीले पाँच रनमा पहिलो विकेट गुमायो । अघिल्लो खेलमा ८० रनको आक्रामक पारी खेलेका सोमपाल कामी मात्र पाँच रनमा आउट भए ।

त्यसपछि हरी चौहानपनि चार रनमा आउट भएपछि आर्मीले १५ रनमा चौथो विकेट गुमायो । लगत्तै राजु रिजालपनि चार रनमा पेभेलियन फर्किएपछि उसले १५ रनमा नै दोस्रो विकेट गुमायो ।

आर्मीको स्कोर २१ रन हुँदा चौथो विकेट झर्यो । उसका राजेश पुलामी ब्यक्तिगत ६ रनमा आउट भए । लगत्तै शुकल मल्लपनि खाता नखोल्दै बाहिरीएपछि आर्मीले २१ रनमा पाँचौं विकेट खेर फाल्यो । तर उसको विकेट झर्नेक्रम यतिमा रोकिएन । उको स्कोर २५ रन हुँदा सुसन भारी मात्र एक रनमा आउट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey