प्रधानमन्त्री कप महिला भलिबलकाे उपाधिको छिनोफानो पुलिस र एपीएफको खेलले हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 216 पटक हेरिएको

नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागिए टिम नेपाल पुलिस र एपीएफ क्लव भिड्ने संभावना बलियाे भएकाे छ ।

नेपालगञ्जको कर्भडहलमा भएको खेलमा नेपाल पुलिस क्लवले अर्को विभागिए टिम त्रिभुवन आर्मीलाई तीन एकको सेटमा पराजित गर्यो ।

त्यसोत आर्मीले एक सेटको अग्रता जोगाउन सकेन । पहिलो सेट आर्मीले २५–१५ ले जितेको थियो । तर त्यसपछि पुलिसले लगातार तीन सेट जित्न सफल भयो । जसमा दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो भने तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

चौथो सेटमा पनि पुलिसले रोमाञ्चक तरिकाले २५–२३ ले जित्दै फाइनलमा स्थान बनायो ।

उसले यो जितसँगै तीन अंक बटुलेर आठ अंकका साथ लिगको दोस्रो स्थानमा पुगेको छ ।

अब उसले शिर्ष स्थानको एपीएफसँग उपाधिका लागि खेल्ने देखिएकाे छ । एपीएफले लगातार तीन खेलमा जित निकाल्दै शिर्ष स्थान छ ।

एपीएफले न्यू डाइमन्डविरुद्ध उत्कृष्ट पुनरागमन गर्यो । प्रतिस्पर्धात्मक र रोमान्चक बनेको पहिलो सेट डाइमन्डले २५-२३ ले जित्यो ।

पहिलो सेटमा सशक्त प्रदर्शन गरेको डाइमन्ड दोस्रो सेटमा भने कमजोर देखियो । जसको फाइदा उठाउदै एपीएफले सहजै २५-१३ को जीत हातत पारेपछि खेल एक एक सेटको बराबरीमा पुग्यो । त्यसपछि लगातार दुइ सेट एपीएफले जित्दै आफ्नो अपराजित यात्रालाइ राख्यो ।

तेस्रो सेट एपीएफले २५-१७ ले जितेको थियो । राम्रो सुरुवात गरेको डाइमन्ड एक समय सात सात अंकको स्थितीमा थियो । तर त्यसलाइ निरन्तरता दिन नसक्दा एपीएफ खेलमा हाबी भयो । चौथो सेटमा एपीएफले २५-२२ ले जितेको थियो । १४-२१ अंक बाट खेलमा फर्किदै एपीएफलाइ पांच पटक सेट पोइन्टमा रोकेपछि डाइमन्डले हार टार्न सकेन् ।

डाइमन्ड यो प्रतियोगितामा डिफेन्समा कमजोर देखिएको थियो । एपीएफ विरुद्ध पनि सोही गल्ति दोहोरियो । चोटमुक्त हुदै कार्टमा फर्किएकी प्रतिभा मालीले पनि आफ्नो क्षमता अनुसारको खेल देखाउन सकिनन् । लगातार तीन खेल जितेको एपीएफले नौ अंक जोड्दै उपाधी जित्ने संभावना वलियो बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey