आइसीसीले टी-२० र एकदिवसिय महिला विश्वकपमा टिमसंख्या बढाउने, नेपाललाई पनि मौका

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 276 पटक हेरिएको

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२३ को साइकलमा महिलामा क्रिकेट गतिविधी बढाउने भएको छ ।

आइसीसीले महिला विश्वकप र टी २० विश्वकपमा टिमको संख्या बढाउने भएको छ । आइसीसीले दिर्घकालिन योजना अनुसार सन् २०२६पछि महिला विश्वकप र टी २० विश्वकपमा टिमको संख्या बढाउने भएको हो ।

नयाँ ढाँचामा दुबै विश्वकपमा सहभागि टिमको संख्या बढ्ने भएको छ । जसमा २०२५ को महिला विश्वकपमा अठा टिमले ३१ खेल खेल्नेछन भने २०२९ को विश्वकपमा दुई टिम थपिने भएका छन । जसमा खेलपनि ४८ हुनेछन ।

यस्तै २०२४ को महिला विश्वकपमा १० टिमको सहभागिता हुनेछ भने २३ खेल हुनेछन । त्यसपछि २०२६, २०२८ र २०३० को टी २० विश्वकपमा टिमको संख्या १२ हुनेछ भने खेलपनि ३३ वटा हुनेछन ।

यस्तै आइसीसी महिला टी २० च्याम्पियनसिप कपमा ६ टिमले १६ खेल खेल्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey