जाविले प्रशिक्षकका रूपमा जिते पहिलो लिग उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 222 पटक हेरिएको

नेप्लेज । बार्सिलोनाका पूर्व खेलाडी जावी हर्नान्डेजले प्रशिक्षकको रुपमा पहिलो लिग उपाधि जितेका छन् ।

कतार क्लब अल सद्को साथमा उनले पहिलो लिग उपाधि जितेका छन् । क्यूएनबी स्टार लीग ट्रफीमा अल सद्को सानदार जितपछि जावीले आफ्नो नाममा पहिलो लिग ट्रफि प्राप्त गरेका हुन् ।

फाइनलमा उम्म् सलालबिरुद्ध ३–० को जीत निकालेको सद्ले १३ अंक जोड्दै उपाधि जितेको हो । गत वर्ष उनले कतार कप, सुपरकप, एमीर कप र स्टार कप जितेका थिए । उनी बार्सिलोनामा १९९१ देखि २०१९ सम्म बार्सिलोनामा रहेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey