त्यो समय जब मेस्सीको कारण लापोर्टाले रोबिन्होलाई अस्वीकार गरेका थिए !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 334 पटक हेरिएको

नेप्लेज । स्पेनिश क्लब बार्सिलोनाका नयाँ अध्यक्षका रुपमा जोआन लापोर्टा निर्वाचित भएका छन् । उनले निर्वाचित भएपछि क्लबका कप्तान लियोनल मेस्सी अब बार्सिलोनामै रहने बताएका छन् ।

लापोर्टाले मेस्सीप्रति लामो समयदेखि प्रेम दर्शाउँदै आएका छन् । उनले कुनै समय मेस्सीका लागि रोबिन्होलाई अस्विकार गरेका थिए । २००५ मा रियल मड्रिडले ब्राजिलियन रोबिन्होलाई ३० मिलियन यूराेमा हस्ताक्षर गरेको थियो ।

दक्षिण अमेरिकामा एक चर्चित खेलाडी को रूपमा रहेका रोबिन्होले केही बर्षसम्म ब्राजिल राष्ट्रिय टीममा एक उत्कृष्ट खेलाडीको रुपमा प्रकाश छाडे तर रियल मड्रिडमा १३७ खेलमा ३५ गोल मात्र गरेपछि उनीप्रति रियलको भरोसा उठेको थियो ।

धेरैलाई थाहा थिएन उनी बार्सिलोनामा प्रवेश गर्न धेरै नजिक पुगेका थिए तर अर्जेन्टिनाका एक जवान खेलाडी ( लियोनेल मेस्सी)को आश्चर्यजनक उदयका कारण उनको महत्व घटेको थियो ।

त्यस समयमा जोआन लापोर्टा क्याम्प नोउमा अध्यक्ष थिए। ‘रोबिन्हो बार्सिलोना आउन चाहन्थे, तर हामीसँग मेस्सी भनिने एक खेलाडी छन् र हामी उनीबाट धेरै आशा राख्छौं। हामीले रोबिन्होप्रति कहिले पनि रुचि राखेनौं’ लापोर्टाले त्यस समयमा भनेका थिए ।

‘मेस्सीे १ ८ वर्षिय छन् र उनले जस्तो फुटबललाई अरु कसैले नियन्त्रण गर्दैन। उनीसँग डिएगोे माराडोना र जोहान क्रिफे को शैली छ र विश्व स्टार बन्न सक्छन्, त्यसैले म मेस्सीलाई रुचाउँछु’ त्यस समय लापोर्टाले भनेका थिए ।

सोह्र बर्ष पछि, लापोर्टा बार्सिलोनाका अध्यक्षको रूपमा फर्किए, र उनको पहिलो प्राथमिकता मेस्सीलाई नयाँ करारमा राख्ने रहेको छ जसले उनलाई अर्को सिजन पनि क्लबमा राख्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey