‘मेस्सीले बार्सिलोनालाई माया गर्छन्’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 306 पटक हेरिएको

नेप्लेज । स्पेनिश क्लब बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले कप्तान मेस्सी अब बार्सिलोनामै रहने विश्वास लिएका छन् ।

नवनिर्वाचित अध्यक्ष लापोर्टा ११ बर्ष पछि कार्यालयमा फर्किएका छन् र उनले अर्जेन्टिनी सर्वश्रेष्ठ खेलाडी मेस्सीलाई क्लबमा राख्ने उपाय खोज्न ध्यान दिइरहेका छन्।

‘लियो मेस्सी नामको केटाले बार्सिलोनाको इन्फान्टिल यु (१२–१३) टीमसँग डेब्यु गरेको २० वर्ष बितिसकेको छ, लापोर्टाले आफ्नो जीत पछि भने ।

‘विश्वका सर्वश्रेष्ठ खेलाडी आफ्नो छोरासँग भोट हाल्न आउँदा हामी त्यसलाई उदाहरणको रुपमा लिन सक्छौँ’,मेस्सीले बार्सिलोनालाई माया गर्छ र आशा छ कि उसलाई बार्सिलोना मा रहन मदत गर्नेछौँ,त्यो हामी चाहन्छौं’ लापोर्टाले भने ।

लापोर्टाले आफ्नो जीत घोषणा भएको लगत्तै बोले, र क्लबका सबै सदस्यहरूलाई धन्यवाद दिएका थिए ।

लापोर्टाले आफ्नो अभियानका लागि टोली र स्वयंसेविकालाई पनि धन्यवाद दिएका साथै निर्वाचनको कभरेजको लागि मिडियालाई पनि धन्यवाद दिएका थिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal