चेल्सीले एभर्टनसँग प्रतिस्पर्धा गर्दै
- नेप्लेज
- |
- २०७७-११-२४
- |
- 173 पटक हेरिएको
प्रिमियर लिग अन्तर्गत आज राति चेल्सीले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा चेल्सीका डिफेन्डर थिएगो सिल्भा टिममा फर्किएका छन । उनले तिघ्राको चोटका कारण पछिल्ला सात खेल गुमाएका थिए । आजको खेलमा चेल्सीका टामे अब्राहम भने खेल्ने नखेल्ने टुंगो छैन । उनी लिभरपुलविरुद्धको खेलमा चोटग्रस्त बनेका थिए ।
यता एभर्टनका मिडफिल्डर हामेस रोद्रिगुइजपनि चोटका कारण आजको खेल गुमाउने संभावना रहेको छ । टोम डाभिस र सिमुस कोलमनको पनि फिटनेसमा शंका राखिएको छ ।
चेल्सी घरेलु मैदानमा खेलको प्रिमियर लिगमा एभर्टनविरुद्ध पछिल्ला २५ खेलमा अपराजित रहेको छ । जसमा उसले १४ खेल जितेको छ । यसअघिको भिडन्तमा एभर्टनले चेल्सीलाई हराएको थियो । आजको खेलमा एभर्टन विजयी भएमा सन् १९७९ पछि पहिलो पटक चेल्सीविरुद्ध लगातार दुई खेलमा जित निकाल्नेछ ।
प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सी लगातार १० खेलमा अपराजित रहेको छ । उसले सात खेल जितेको छ भने तीन खेल बराबरी भएका छन । टुचेलको प्रशिक्षणमा प्रिमियर लिगमा चेल्सीले १८ अंक बटुलेको छ ।
यता एभर्टन यो सिजनमा १० अवे खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ । आजको खेलमा विजयी भएमा एभर्टनका लागि त्यो रेकर्ड हुनेछन ।