इंग्ल्याण्डका बलर आर्चरले भारतसँगकाे टी-२० सिरिज गुमाउने संभावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 429 पटक हेरिएको

कुहिनाको चोटका कारण भारतविरुद्धको चौथो टेष्टको विचमा नै टिम बाहिर भएका तिब्रगतिका बलर जोफ्रा आर्चरले टी २० सिरिजपनि गुमाउने संभावना बढेकाे छ ।

लामो समयदेखिको कुहिनाका चोट भारतविरुद्धको चौथो टेष्टमा पनि फेरी बल्झिएपछि पहिलो पारीमा टिम बाहिर भएका थिए । तर अब उनको चोटका कारण टी २० सिरिज पनि गुमाउने संभावना रहेकाे बताइएकाे छ ।

सन् २०२० को सुरुवातमा केप टाउनमा भएको दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा पहिलो पटक उनको कुहिनामा चोट लागेको थियो । त्यसपछि उनले सो सिरिजपनि विचमा नै छोड्नु परेको थियो । त्यसपछि उनलाई श्रीलंकाविरुद्धको सिरिजमा पनि आराम दिइएको थियो ।

इंग्ल्याण्डका प्रशिक्षक क्रिस सिल्भरउडले आर्चरको चोट अझै ठिक नभएको र टी २० खेल्ने संभावना निकै कम भएको बताएका छन ।

शुक्रबारबाट सुरु हुने टी २० सिरिजका लागि खेलाउन मात्र आर्चरलाई ठिक पार्नुभन्दा लामोसमयको यात्रालाई हेर्नुपर्ने प्रशिक्षक सिल्भरउडले बताए ।

तर उनले आर्चरको सल्यक्रियाको कुरालाई भने अस्विकार गरेका छन । उनले टिमको मडिकल स्टाफले उनको चोटलाई नियाली रहेको र अहिले सल्यक्रिया गर्नुपर्ने अवस्था नदेखिएको बताए ।

भारत विरुद्धको चार टेष्टको सिरिजमा उनी दोस्रो टेष्टमा पनि आराम गरेका थिए । उनले सो सिरिजमा कुल ३५.१ ओभरमात्र बलिङ गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey