महिला दिवसकाे अवसरमा फुटबलर निरू थापा सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 213 पटक हेरिएको

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल खेलाडी निरु थापालाई सम्मान गरेको छ ।

महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै एन्फाले निरुलाई सम्मान गरेको हो । लामो समयदेखि महिला राष्ट्रिय टिमबाट खेलेकी निरु अहिलेपनि नेपाल पुलिस क्लवबाट ब्यवसायीक फुटबल खेल्दै आएकी छिन । उनले गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली प्रतियोगितासँगै निरुले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेकी थिइन् ।

पुलिसकी कप्तान समेत रहेकी निरुले केहि साता अगाडी सकिएको राष्ट्रिय महिला लिगमा पनि खेलेकी थिइन ।

उनले महिला फुटबलमा लामो समयदेखि योगदान गर्दै आएको भन्दै सम्मान गरेको एन्फाले जनाएको छ । महिला दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा जेभियर स्कुलका विधार्थीले सहभागिता जनाएका थिए ।

एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पाले फुटबलले नेपालमा महिलाको शसक्तिकरणमा सहयोग गरेको बताए । साथै उनले नेपालमा महिला फुटबलको विकाशका लागि दुरदर्शी र टिकाउ योजना बनाउने बताए ।

कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey