काेबी ब्रायन्टकाे ‘राेकी कार्ड’ १.७९ मिलियन डलरमा लिलाम

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 452 पटक हेरिएको

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका बास्केटबलका स्वर्गिय लेजेन्ड खेलाडी कोबी ब्रायन्टको रोकी कार्ड गोल्डिन अक्सनमा १.७९५ मिलियन अमेरीकी डलरमा विक्रि भएको छ ।

ब्रायन्टले प्रयोग गर्ने सो कार्ड सर्वाधिक महंगो रकममा विक्रि भएको सो अक्सन कम्पनीले जनाएको छ ।

विश्वमा रोकी कार्ड जम्मा दुई वटा मात्र रहेको र जसका कारण पनि यसले धेरै मुल्य पाएको बताइएको छ ।

एनबीए च्याम्पियन ब्रायन्ट एक बर्ष अगाडी छोरीसँगै दुर्घटनामा ज्यान गुमाउन पुगेका थिए ।

४१ बर्षको उमेरमा असामयिक निधन भएका ब्रायन्टको अझैपनि धेरैले मृत्यु भएको भनेर विश्वास गरेका छैनन ।

१८ पटकका एनबीए च्याम्पियन ब्रायन्टले सन् २०१६ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

बास्केटबलको इतिहासमा उनको करियर निकै सफल रुपमा लिइन्छ । उनी एनबीएको इतिहासमा सर्वाधिक स्कोर गर्ने खेलाडीमा चौथो स्थानमा छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey