पीएम कप भलिबलमा न्यू डाइमण्डकाे पहिलाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 204 पटक हेरिएको

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा न्यू डाइमण्ड क्लवले पहिलो जित निकालेको छ ।

उसले आफ्नो दोस्रो खेलमा विभागिए टिम त्रिभुवन आर्मीलाई तीन शुन्यको सोझो सेटमा पराजित गर्यो । जारी प्रतियोगितामा आर्मीको पहिलो हार हो ।

पहिलो खेलमा लुम्बिनी युनाइटेडलाई हराएको आर्मी न्यू डाइमण्डसँग भने त्यति राम्रो प्रदर्शन गर्न सकेन ।

न्यू डाइमण्डले आर्मीलाई २५–१८, २५–२१, २३–२५ र २५–२१ ले जित्यो । सुरुवाती दुई सेट जितेका न्यू डाइमण्डले तेस्रो सेट गुमाएको थियो ।

तर चौथो सेटमा न्यू डाइमण्डले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । यसअघि पहिलो खेलमा न्यू डाइमण्ड नेपाल पुलिस क्लवसँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey