बागमतीकाे लगातार दाेस्राे हार, मेयर ११ काे भारी अन्तरकाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 603 पटक हेरिएको

काठमाडौं मेयर कपमा बागमती प्रदेशले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा बागमती सन्दिप लामिछानेको कप्तानीमा रहेको मेयर ११ सँग ९४ रनले पराजित भयो । यो हारपछि बागमतीको फाइनलमा पुग्ने संभावना निकै न्यून बनेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ टिमले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४४ रन बनायो । राम्रो सुरुवात गर्न सकेन । १६ रनमा पहिलो विकेट गुमाएको उसले ३७ रन बनाउँदा चार विकेट खेर फाल्यो ।

उसका सुरुवाती खेलाडी सस्तैमा आउट भए । ओपनर हरिशंकर शाह ६ रनमा आउट भए भने अर्जुन कुमालले आठ रन मात्र बनाए । यस्तै विपिन रावल ११ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कृष्ण कार्कीले खाता खोल्न नसक्दा विवेक यादव मात्र एक रनमा आउट भए । जसका कारण मेयर ११ ले ४३ रनमा पाँचौ विकेट गुमायो ।

तर छैटौं विकेटका लागि सन्दिप रजाइली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दा टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर लोहनी ३४ रनमा आउट भए । त्यसपछि सन्दिप रजाईलीपनि ३३ रनमा आउट हुँदा मेयर ११ ले एक सय १९ रनमा सातौं विकेट गुमायो ।

आठौं विकेटका लागि कप्तान लामिछाने र सौरभ खनालले ५७ रनको साझेदारी गर्दा टिमलाई सम्हाले । जसमा सन्दिपले २० बलमा विस्फोटक ४२ रन बनाए । उनले ६ छक्का प्रहार गरे ।

अन्तिममा सौरभ खनाल र विपिन क्षेत्रीलाई टिमका लागि ६० रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए । सौरभले अविजीत ४९ रन बनाए भने विपिनले ३२ रनको योगदान गरे ।

बलिङमा नन्दन यादवले चार विकेट लिए ।

जवाफमा बागमती ३४ ओभर तीन बलमा एक सय ५० रनमा अलआउट भयो । मध्यम सुरुवात गरेको बागमतीले ३६ रनमा पहिलो विकेट गुमायो ।

तर उसका मध्यक्रमका खेलाडीले राम्रो गर्न नसक्दा बागमतीले ९९ रनमा पाँच विकेट गुमायो । उसका कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए भने आदिल खान १५, पारस खड्का १० र इशान पाण्डे १७ रनमा आउट भए ।

तर त्यसपछि बागमतीले स्कोरबोर्डमा अरु रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । उसका विपिन आचार्यले खाता खोल्न सकेनन् भने आकाश थापामात्र एक रनमा आउट भए ।

यस्तै नन्दन यादवले सात रन बनाउँदा रामनरेश गिरीले एक रन बनाए । उसका लागि पृथु बास्कोटाले सर्वाधिक ६० रन बनाए । उनले ७९ बलमा आठ चौका प्रहार गरे ।

बलिङमा सन्दिप लामिछानेले तीन तथा बिपिन खत्री र अनील खरेलले दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal