दिपेन्द्रले बनाए करियरकाे पहिलाे शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 155 पटक हेरिएको

काठमाडौं मेयर कप एकदिवसय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसका खेलाडी दिपेन्द्रसिंह ऐरीले शतक बनाएका छन ।

जारी प्रतियोगितामा शतक बनाउने दिपेन्द्र पहिलो खेलाडी बनेका छन ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि चौथो नम्वरमा ब्याटिङमा आएका दिपेन्द्रले टिमका लागि संयमित हुँदै शतक बनाए ।

८० बलमा अर्धशतक बनाएका दिपेन्द्रले एक सय २० बलमा आठ चौका र तीन छक्काको मद्दतले शतक बनाए । उनले ९९ रनमा हुँदा अभिनाश बाेहाेराकाे बलमा छक्का प्रहार गर्दै शतक बनाएका हुन ।

टिमको पारी सम्हाल्ने क्रममा उनले पवन सराफ र सुनील धमलासँग राम्रो साझेदारी पनि गरेका थिए ।

धमलासँग उनले ५९ रनको साझेदारी गरे भने पवनसँग ७० रनको साझेदारी गरेका थिए ।

उनले पुलिसका लागि र घरेलु क्रिकेटमा पहिलाे शतक हाे । यतिमात्र हाेइन उनकाे याे करियरकै पहिलाे शतकपनि हाे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal