एपीएफविरूद्ध दिपेन्द्रकाे अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 188 पटक हेरिएको

मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिसका खेलाडी दिपेन्द्रसिंह ऐरीले एपीएफविरुद्ध संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएका छन ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि दिपेन्द्रले ८० बलमा अर्धशतक पुरा गरे । उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

टिमले राम्रो सुरुवात गर्न नसक्दा चाैथाे नम्वरमा ब्याटिङमा आएका दिपेन्द्रले सुनिल धमलासँग ५९ रनको साझेदारी गरेका थिए ।

जसका कारण उनले टिमका पारीलाई केहि भएपनि सम्हालेका थिए । तर धमला शरद भेषवाकरको बलमा ३३ रनमा आउट भएका थिए ।

जारी प्रतियोगितामा अर्धशतक बनाउने दिपेन्द्र तेस्रो खेलाडी हुन । यसअघि रोहित पौडेल र सुमित महर्जनले अर्धशतक बनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey