रूपन्देहीमा बास्केटबलकाे बिशेष क्याम्पमा ब्यस्त खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 538 पटक हेरिएको

बास्केटबल खेलाडीको स्तर बृद्धिकालागि रुपन्देहीमा प्रशिक्षण क्याम्प सञ्चालन गरिएको छ । क्याम्पमा नयाँ टेक्निकहरु सिक्न पाउँदा खेलाडीहरु उत्साहित बनेका छन् । खेल प्रशिक्षण सँगसँगै कोच क्लिनीक पनि सञ्चालन भएकोे छ ।

बास्केट बलका प्रमुख प्रशिक्षक दिनेश चन्द्र नकर्मी यतीबेला बुटवलमा सञ्चालन भएको क्याम्पमा खेलाडीलाई प्रशिक्षण दिन व्यस्थ छन् ।

नकर्मीलाई अन्य प्रशिक्षकहरुले साथ दिइरहेका छन् । राष्ट्रिय प्रशिक्षकहरुबाट यसरी नयाँ तरिका र शैलीहरु सिक्न पाउँदा खेलाडी उत्साहित देखिन्छन् । सिकेका तिरिकाहरुले आफ्नो खेलमा सुधार आउने उनीहरुको दाबी छ ।

नयाँ शैलीसँगै क्याम्पमा बास्केट बल खेल्दा अपनाउनु पर्ने एकाग्रता, आत्मविश्वास जस्ता मनोविज्ञानका पक्षहरु, रणनीतिक पक्ष र शारीरिक तन्दुरुस्तीका बारेमा पनि सिकाइएको छ ।

पछिल्लो समय बास्केट बलमा युवा पिँढीको आकर्षण बढ्दो छ । त्यहीँ अनुपातमा खेलाडी बढी रहेका छन् । तर खेलको प्रशिक्षण दिने कोचहरुको अभाव छ । त्यसैले यहाँ उत्कृष्ट कोचहरु उत्पादन गर्न कोच क्लिनिक पनि सञ्चालन गरिएको छ ।

रुपन्देही बास्केट बल संघले फाल्गुण चार गतेदेखि शुरु गरेको क्याम्प २१ दिनसम्म चल्ने छ ।

क्याम्पमा लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका ५६ जना खेलाडी र प्रशिक्षकले अभ्यास गरिरहेका छन् । बिहान र साँझ दुई सिफ्टमा हुने प्रशिक्षणमा बेशिक र एड्भान्सका कोर्सहरु सिकाइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey