मेयर कपमा पुलिस र एपिएफ अपराजित रहने लक्ष्यमा, बागमती र काठमाडौं मेयर ११ पनि जितकै खोजिमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 263 पटक हेरिएको

काठमाडौं मेयर कप क्रिकेट एक दिवसीय प्रतियोगितामा आज २ वटा खेल हुँदै छन् ।

मुलपानी मैदानमा बागमती प्रदेश र काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुने छ ।

बागमती पहिलो जितको खोजिमा हुने छ भने काठमाडौं मेयर एघार पनि पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गर्ने दाउँमा हुने छ ।

बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो ।

बागमतीको कप्तान राष्ट्रिय टिमका नियमित कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् भने काठमाडौं मयेयर ११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।

योसँगै झण्डै तीन वर्षपछि सन्दी घरेलु प्रतियोगिता खेल्न लागेका छन् । पीएसएल लिग खेल्नका लागि गएका सन्दीप लिग स्थगित भएपछि काठमाडौं फर्किएका हुन् ।

मेयर कपमा हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार टिम र बाँकी प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरि पाँचौं टिम तयार पारिएको हो ।

सन्दीपले प्रधानमन्त्री कप पनि खेलेका थिएनन् । तर, उनी काठमाडौं फर्किएकाले अन्य टिमभन्दा पनि काठमाडौं मेयर एघारबाट खेल्न लगाइएको हो ।

यस्तै कीर्तिपुर मैदानमा नेपाल पुलिस र एपीएफ आमने सामने हुने छन् । दुवै टिमले पहिलो खेल जितेकाले लगातार दोस्रो खेल जित्ने लक्ष्यमा हुने छन् ।

एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दा पुलिसले कम स्कोरिङ म्याचमा बागमती प्रदेशलाई २ रनले पराजित गर्दै सुखद् शुरुवात गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey