पीएम कप महिला भलिबलमा पुलिसकाे लगातार दाेस्राे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 206 पटक हेरिएको

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागिए टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा पुलिसले लुम्बिनी युनाइटेडलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

नेपालगञ्ज कर्भडहलमा भएको खेलमा पुलिसले लुम्बिनी युनाइटेडमाथि २५–८, २५–१२, २५–१४ सेटमा सहज जित निकाल्यो ।

प्रतियोगिताको कमजोर टिम लुम्बिनीविरुद्ध पहिलो सेट २५–८ ले जितेको पुलिसले दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पर्यो ।

यस्तै तेस्रो सेटमा पनि २५–१४ को जित निकाल्दै पुलिसले लगातार दोस्रो जित हात पार्यो ।

जारी प्रतियोगितामा लुम्बिनीको यो लगातार दोस्रो हार हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey