एपीएफका लागि सुमितकाे अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 179 पटक हेरिएको

काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपीएफका सुमित महर्जनले अर्धशतक प्रहार गरेका छन । उनी जारी प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन ।

टिमका अवस्था कमजोर भएका बेला क्रिजमा आएका सुमितले ७८ बलमा आठ चौकाको मद्दतले ६० रनको पारी खेले ।

१६ रनमा चार विकेट गुमेको अवस्थामा क्रिजमा आएको समितले टिमका लागि संयमित रुपमा ब्याटिङ गरे । उनले शंकर रानासँग पाँचौं विकेटका लागि ५२ रनको साझेदारीपनि गरेका थिए ।

तर उनी ६० रनमा करण केसीको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भएका थिए ।

पहिलो पारीमा रोहित पौडेलले आर्मीका लागि ५६ रनको पारी खेलेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey