भारतीय सेनाका अनिशले जिते रूपन्देही हाफ म्याराथनकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 551 पटक हेरिएको

रुपन्देहीमा सम्पन्न हाफ म्याराथनको उपाधि पर्वतका अनिश थापा मगरले हात पारेका छन ।

भारतीय सेनाको गोरखा राइफल हैदरावादमा कार्यरत थापाले बुटवल पुष्पलाल पार्कदेखि भैरहवा बुद्धचोकसम्म २१ किलोमिटरको हाफ म्याराथन १ घण्टा ६ मिनेट ३९ सेकेन्डमा पार गर्दै उपाधि चुमेका हुन्।

थापाले उपाधिसँगै नगद १ लाख रुपैया प्राप्त गरेका छन्। थापाले यसअघि आफैंले राखेको रेकर्ड सुधारेका छन । यसअघि २१ किलोमिटर १ घण्टा ६ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए ।

दोस्रो भएका सुहाङले दूरी १ घण्टा ८ मिनेट २५ सेकेन्डमा पार गरे भने तेस्राे स्थानमा रहेका किरणसिंह बोगटीले १ घण्टा ९ मिनेट ५४ सेकेन्डमा पार गरेका थिए। सुहाङले ७५ हजार र तृतीय भएका बोगटीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

२१ किलोमिटर दूरीकै हाफ म्याराथनमा महिलातर्फको उपाधि भने दैलेख नौमूलेकी भावना शाहीले जितेकी छन्।

सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलवस्तुमा कार्यरत शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन्। उनले उपाधिसँगै नगद २० हजार रुपैयाँ प्राप्त गरिन्।

यस्तै, नेपाली सेनाको गोरखदल गणमा कार्यरत पाल्पाको तिनाउ गाउँपालिकाकी मिनिषा थापा १ घण्टा ४२ मिनेट १८ सेकेन्डमा उक्त दूरी पार गर्दै द्वितीय भइन् भने बर्दियाको बारबर्दिया नगरपालिका २ की कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन्।

द्वितीय भएकी थापाले उपाधिसँगै नगद १५ हजार र थारुले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।

रोटरी इन्टरनेसनल डेको अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजना तथा रिजन फाइभ अन्तर्गतका विभिन्न रोटरी र रोट्रयाक्ट क्लबहरूको सहयोगमा हाफ म्याराथन आयोजना गरिएको थियो।

भारतीय सेना, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा देशभरका विभिन्न क्लब, संघसंस्थाका प्रतिनिधी गरी १ सय १६ जनाको सहभागिता रहेको प्रतियोगितामा मिलन कार्की र श्रीकास राईले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey