बागमतीसामु पुलिसकाे ७३ रनकाे झिनाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 138 पटक हेरिएको

काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागिए टिम नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई मात्र ७३ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा आउटफिल्ड गिलो भएकाले ३८ ओभरमा झारिएको खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै २५ ओभर दुई बलमा मात्र ७२ रनमा अलआउट भयो ।

खराव सुरुवात गरेको पुलिसले ११ रनमा पहिलो विकेट गुमायो । तर उसले १९ रन बनाउँदा चार विकेट खेर फाल्यो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । जसमा पुलिसको स्कोरबोर्डमा ६२ रन हुँदा आठ विकेट झरेको थियो । त्यसपछिपछि उसको विकेट झर्ने क्रम रोकिएन र पुलिस मात्र ७२ रनमा अलआउट भयो ।

उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुनील धमलाले १०, दिलिप नाथ र अनिल शाहले समान १०–१० रन बनाए भने कप्तान मञ्जित श्रेष्ठले १५ रनको योगदान गरे ।

पुलिसका कुशल भुर्तेल दुई, अमित श्रेष्ठ तीन, योगेन्द्रसिंह कार्की ६, रासिद खान एक रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
पुलिसलाई सस्तैमा समेट्न आरियो पौडेलले चार तथा नन्दन यादवले तीन विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey