चाेटका कारण अजरेन्काले कतार ओपन बिचमा नै छाेडिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 272 पटक हेरिएको

बेलारुसी खेलाडी भिक्टोरिया अजरेन्काले चोटका कारण कतार ओपनको सेमिफाइनलबाट वाकओभर दिएकी छिन । जसका कारण गाब्रिनी मुगुरुजाले फाइनलमा स्थान बनाएकी छिन ।

क्वाटरफाइनलको खेलमा जित निकोलेपछि अजरेन्काको कम्मरमा समस्या देखिएको थियो ।

जसका कारण उनले सेमिफाइनलको खेल खेल्न नसक्ने बताइन । उनले दुखाई निकै बढेकाले आराम चाहिएको र दोहामा फेरी खेल्न आउँदा खुसी लागेको भएपनि अन्त्य भने दुखद भएको बताइन ।

कतार ओपनको उपाधिका लागि मुगुरुजाले चेक गणतन्त्रकी पेट्रा कोभिटोभासँग खेल्नेछिन । उनले छनोट चरण खेलेर आएकी जेसिका पिगुलालाई ६–४ र ६–४ को सेटमा हरायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey