नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२१
  • |
  • 409 पटक हेरिएको

काठमाडौं । नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो ।

पहिले ब्याटिङले गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

हाम्रो किचेनका शुभमले ६८ रन बनाए । निखिलले ४८ रन बनाए ।

पाकिस्तान दूतावासका मिरले २ विकेट लिए ।

हाम्रो किचेनले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको आयोजक दूतावासले अलआउट हुँदै १ सय ७ रन मात्र बनाउन सक्यो ।

उसका लागि अमिरले ५२ रन बनाए । हाम्रो किचेनका शुभमले ३ विकेट लिए । आशिष र अभियानले २/२ विकेट लिए ।

खेलअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा तीन टोली रहेका छन् ।

समूह ‘ए’ मा पाकिस्तान दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेको छन् ।

समूह ‘बी’ मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् ।

यस्तै समूह ‘सी’ मा आरएस विधापिठ एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस (आईओई ) रहेका छन् ।

समूह ‘डी’ मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट रहेका छन् ।

प्रतियोगिता तथा दूतावासका प्रेस संयोजक अलिले दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि प्रतियोगिता आयोजना हुँदै आएको बताए ।

दूतावासका प्रथम सचिव सकिल अहमदले प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal