जेभियरलाई थ्रि बाई थ्रि कलेज बास्केटबलको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२१
  • |
  • 245 पटक हेरिएको

जेभियर इन्टरनेशनल कलेजले युनिक कलेज/एकेडेमी इन्टर कलेज प्लस टु थ्रि बाई थ्रि बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुत्रबार भएको फाइनलमा जेभियरले ओभर टाइममा ह्वाइट हाउसलाई १४–१३ ले हरायो । १० मिनेटको खेलमा दुवै टोलीले १२–१२ स्कोर गरेका थिए । ११–१२ ले पछि परेको स्थितिमा जेभियरले फ्रि थ्रोमा स्कोर गर्दै फाइनललाई दुई मिनेटको ओभर टाइममा धकेलेका थिए ।

ओभर टाइममा ले-अपमा दुई स्कोर गरेपछि जेभियर बिजयी भएको थियो । फिबाको थ्रि बाई थ्रि नियम अनुसार ओभर टाइममा जुन टोलीले पहिलो दुई बास्केट स्कोर गर्छ उसले नै जित हात पार्नेछ ।

प्रतियोगिताका क्वार्टर–फाइनल र सेमिफाइनल खेलहरु पनि शुक्रबार नै भएका थिए । क्वार्टर–फाइनलमा ह्वाइट हाउसले क्याम्पियन कलेजलाई १३–६, सिसिआरीले आयोजक युनिक एकेडेमीलाई १५–११, जेभियरले नामीलाई १४–१२ र युलेन्सले टाइम्स इन्टरनेशनल कलेजलाई १८–१४ ले हराउदै अन्तिम चारमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा ह्वाइट हाउसले सिसिआरसीलाई १८–१६ र जेभियरले युलेन्सलाई २१–१८ ले पराजत गरेको थियो । जेभियरका राजीव आले मगर टुर्नामेन्ट एमभिपि भएका थिए । कुल २० कलेजको सहभागिता रहेको दुई दिने प्रतियोगितामा बिजेता टोलीले १० हजार र उपबिजेताले ५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal