मेयर कप क्रिकेटका लागि पुलिस टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२१
  • |
  • 424 पटक हेरिएको

शनिबारदेखि सुरु हुने पमेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले टोली घोषणा गरेको छ । पुलिसले मञ्जित श्रेष्ठको कप्तानीमा १५ सदस्यीय टिमकाे घोषणा गरेको हो ।

युवा ब्याट्सम्यान आरिफ शेखले भने मेयर कप नखेल्ने भएका छन् । पूर्णरूपमा फिट नभएका कारण उनले यो प्रतियोगिता नखेल्ने भएका हुन् । आरिफ प्रधानमन्त्री कप खेल्ने क्रममा घाइते भएका थिए ।

पुलिसले प्रधानमन्त्री कप नखेलेका बलर गुल्सान झा र अभिनाश कर्णलाई मेयर कपका लागि टिममा समवोश गरेको छ । पुलिसले पहिलो खेल भोलि बागमती प्रदेशविरुद्ध मूलपानी क्रिकेट मैदानमा खेल्ने छ ।

पुलिसको टिम : दीलिप नाथ, सुनिल धमला, कुशल भुर्तेल, योगेन्द्र कार्की, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, मन्जित श्रेष्ठ (कप्तान), भिनाश कर्ण सागर ढकाल, प्रेम तामाङ, पवन सरार्फ, ललित नारायण राजवंशी, राशिद खान र गुल्सान झा ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey