१६ अर्बकाे लगानीमा रूपन्देहीमा खेलकुद पार्क निर्माणकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२०
  • |
  • 468 पटक हेरिएको

बुटवल | रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ मा अन्तर्राष्टिय मापदण्डको खेलकुद पार्क बन्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको पार्कको लागत १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

यो स्पोर्ट्स पार्कमा दक्षिण एसियाली खेलकूदमा खेलाइने सबै खेलका लागि यसमा पुर्वाधार बनाइने भएकाे छ । खेलकुद पार्कको गुरुयोजना बिहीबार अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा सार्वजनिक गरिएको छ । पार्क निर्माणका लागि बजेटको व्यवस्था गरिने पनि अर्थमन्त्री पौडेलले कार्यक्रममा बताए ।

तिनाउ तटीय क्षेत्रमा निर्माण गरिने स्पोर्ट्स पार्कको गुरुयोजना अनुसार दश वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कुल ६५ बिघा क्षेत्रफलमा निर्माण हुने स्पोर्टस पार्कमा आधुनिक र प्रविधियुक्त कभर्ड हल र स्टेडियम निर्माण गरिने भएको छ । अहिलेका याेजना अनुसार पार्कमा साफमा खेलिने कुल २८ प्रकारका खेल मध्ये गल्फ र बोटिङ बाहेकका खेल एकैसाथ खेल्न सकिने बताइएकाे छ ।

रातिकाे समयमा पनि खेल्न मिल्ने गरी पूर्वाधार बनाइने भएकाे छ । पार्कमा फुटवल, क्रिकेट, व्याडमिन्टन, एथलेटिक्स, आर्चरी, बास्केटबल, बक्सिङ, साइकिलिङ, ड्राइभिङ, फिसिङ, फिल्ड हकी, भलिबल, जुडो, हेन्डबल, कबड्डी, कराते, खो खो खेल्न सकिने भनिएकाे छ । त्यस्तै सटिङ स्विमिङ, एकास, टेबलटेनिस, तेक्वान्दो ,लन टेनिस, टेनिस, रेसलिङ, हुसु वेटलिफ्टिङ, टेबलटेनिस लगायतकाे पनि पुर्वाधार बन्ने बताइएकाे छ ।

क्राउन डिजाइन एण्ड रिसर्च सेन्टर ललितपुरले तयार गरेको स्पोर्टस पार्कको गुरुयोजना पनि सार्वजनिक गरिएकाे छ । २ सय महिला ४ सय पुरुष गरी ६ सय विभिन्न खेलकुदका विद्यार्थीलाई आवासीय रुपमा राख्न सकिने गरी एकेडेमीको पनि निर्माण हुने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey