मेयर कप क्रिकेट एक्सन स्पोर्टसमा हेर्न पाइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२०
  • |
  • 333 पटक हेरिएको

डिश हाेम मिडिया नेटवर्कले शनिबारदेखि शुरुहुने काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको मेयर कपका खेलहरु डिश होम मिडियाको एक्सन स्पोर्टसबाट प्रत्यक्ष हेर्न पाइने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको मेयर कप क्रिकेटमा ५ टिमको सहभागीता रहेको छ ।

हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिम र महानगरपालिकाले बनाएको काठमाडौं मेयर ११ गरि ५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

मूलपानी र कीर्तिपुर मैदानमा आयोजना हुने मेयर कप क्रिकेट प्रतियोगिता २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey