एक रसायनिक विश्लेषक विश्वकै उत्कृष्ट रेफ्री कसरी बनिन् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२०
  • |
  • 412 पटक हेरिएको

गएको डिसेम्बरमा उत्तरी अमेरिकाको व्यवसायिक पुरुष फुटबल प्रतियोगितामा पहिलोपल्ट महिला रेफ्रीको रुपमा क्याथरिन नस्बिट्ले जिम्मेबारी लिइन् । उनले एमएलएस कपको क्रममा कोलम्बर क्रू र सिटल साउन्डर्सबीचको खेलमा मैदानको जिम्मेबारी लिएकी थिइन् ।

यो लिगलाई ध्यान दिनेहरुका लागि यो सामान्य कुरा थियो । तर जसरी उनलाई मुख्य जिम्मेबारीमा राखियो, त्यो आश्चर्यजनक थियो । उनले त्यही वर्षको सुरुआतमा एमएलएसको जिम्मेबारी सुरु गरेकी थिइन् । उनी एमएलएस इतिहासमा पहिलो महिला अफिसियल बनेकी थिइन् । एमएलएसले सार्वजनिक गरेको मतदान नतिजामा नस्बिट्ले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी छन् ।

तर पहिलो स्थानमा रेफ्री किन ?

‘जो कोहिको आफ्नै बाटो हुन्छ,’ नेस्बिट्ले फिफा डट कमसँग भनिन्, ‘मैले समरको जागीरका रुपमा सुरु गरेको थिएँ । त्यसले मलाई फुटबलमा सामेल गरायो र अन्तिममा म खेलकुदमा लागेँ । मलाई सक्रिय रहन मनपर्छ । यो मेरा लागि म आफैं नै प्रतिस्पर्धी रहने पेशा हो । एथ्लिटका रुपमा कुनै विषयमा राम्रो हुनु मेरा लागि निकै राम्रो हुनेछ । यस्तै कुराहरुले मलाई अगाडि बढ्न प्रेरित गर्याे । ’

फुटबलभन्दा बाहिर नेस्बिटको लगाव रसायन विज्ञानको विश्लेषण र शिक्षणमा छ । सुन्दा यी कुराहरुले फुटबलसँग टाढाको साइनो पनि राख्दैनन् । तर वास्तविकतामा चाहीँ यी दुई कुरा आपसमा जोडिएका छन्÷सम्बन्धित छन् ।

‘सन् २०१९ को महिला विश्वकपभन्दा २ साता अगाडिसम्म म रसायन शास्त्रको विद्यार्थी थिएँ । मैले १० वर्ष मेरो आफ्नै अनुसन्धान र आफ्नै प्रयोगशाला (बाल्मिोरस्थित तोसन विश्वविद्यालय) मा विताएँ । रिसर्चमा मेरो पृष्ठभूमि मस्तिस्क रसायनको विश्लेषणको उपयुक्त तरिका पत्ता लगाउनु थियो । र हाम्रो प्रयोगशाला मस्तिष्क रसायनको नमूनाका लागि प्रविधिको विकास, सुधार र अनुकुलतामा केन्द्रित छ र अहिले पनि यसबारे विश्लेषण भइरहेको छ ।’

उनको विश्लेषणात्मक व्यक्तित्व सुरुदेखि नै उनको साथमा छ । तर त्यो विशेषताले सहायक रेफ्रीको रुपमा उनको प्रगतिमा कस्तो सहयोग गरेको छ त रु

‘विशेष गरी मेरो हकमा तपाईंहरुले लगातार यस्तो धारणा बनाउन सक्नुहुन्छ र त्यो सधैं तथस्ट हुन्ट भन्ने छैन,’ उनले भनिन्, ‘फुटबलमा मैले एकैपल्ट थुप्रै डाटाहरु लिन सक्छु । वास्तवमा ट्याकल कसरी हुन्छ, खेलाडीको प्रतिक्रिया के हुन्छ र खेलका क्रममा कसरी सही निर्णय लिन सकिन्छ आदि–आदि ।’

‘रेफ्रीहरु पनि आफ्नो भूमिकाका लागि उल्लेख्य रुपमा समर्पित हुन्छन् । हामी खेलाडीहरुले जस्तै खेलमा गम्भीर हुनुपर्छ । हाम्रो तयारी समान हुन्छ,’ उनले थपिन्, ‘त्यहाँ निश्पक्ष निर्णय हुन्छ । एउटा डिफेण्डरले स्ट्राइकरलाई गोल पोष्टबाट पाँच फिट दूरीमा तान्ने काम गर्छ भने उसले गोलको अवसरलाई रोक्न खोजेको भन्ने अर्थ लाग्छ, तर यो वास्तवमा नहुन पनि सक्छ । र फुटबलको एउटा परिदृश्य पुनः दोहोरिन्छ भन्ने पनि हुँदैन । खेल सधैं परिवर्तन भइराख्छ । सहायक रेफ्रीको रुपमा मेरो मुख्य भूमिका अफसाइड नियमको कार्यान्वयन हो । यो निर्णय सधैं निश्पक्ष हुँदैन । कहिलेकाही कमजोरी पनि हुन्छ ।’

नेस्बिटको व्यवसायिक डेब्यू सन् २०१३ मै भएको हो । राष्ट्रिय महिला सकर लिग ९एनडब्लूएसएल०को आधिकारिक खेलमा ठूलो दर्शकमाझ उनले जिम्मेबारी बहन गरेकी थिइन् । धेरै दर्शकको साथ काम गर्न कठिनाइ हुने कुरामा उनलाई विश्वास छैन । भन्छिन्, ‘बरु धेरै केन्द्रित भइन्छ ।’ विश्वव्यापी महामारीका कारण नेबिस्टले पछिल्लो एमएलएसका खेलहरु खाली रंगशालामा खेलाउनु परेको छ । कोरोनाका कारण ढिला गरी यस सिजनको एमएलएस जुलाइ ८ देखि अगस्ट ११ सम्म आयोजना भएको थियो ।

‘सुरुका केहि दिन हामी सबैले असहज र अनौठो महशुस गरेका थियौं । विस्तारै बानी पर्दै गयो र यही नै सहज र सुरक्षित लाग्न थाल्यो,’ उनले भनिन्, ‘म एमएलएसप्रति सबै सहयोगका लागि अनुग्रहित छु । हामी बबलमा थियौं तर यसलाई छाड्न पनि सक्दैनथ्यौं ।’

नेबिस्टलाई रेफ्रीप्रति समर्थक, खेलाडी र प्रशिक्षकको धारणाबारे राम्ररी थाहा छ । ‘हामीलाई थाहा छ कि हामी खराव मानिस हुन्छौं,’ उनले थपिन्, ‘जव गल्तीहरु हुन्छन् त्यो सधैं मानवीय त्रुटी नै हो । हरेक रेफ्रीले खेलमा निश्पक्ष निर्णयको प्रयास गर्छन् । सानो गल्तीले जसलाई पनि निराश बनाउँछ ।’

हामीजस्तै नेबिस्ट पनि खेलकुदकी प्रशंसक हुन् । उनी पेशागत रुपमा प्रशिक्षित भिडियो असिस्टेन्ट रेफ्री हुन् र उनलाई पनि ‘भार’को नामबाट खेललाई ढिला बनाएको चित्त बुझेको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey